
जनजागरण सामुदायिक वनको २५औं बार्षिक साधारणसभा तथा रजत जयन्ती समारोह सम्पन्न
पुनर्वास-जनजागरण सामुदायिक वन उपभोक्ता समुहको २४ औं बार्षिक साधारणसभा तथा रजत जयन्ती भ्यु पार्क स्थलमा विविध कार्यक्रम का साथ सम्पन्न भएको छ ।
आईतवार निर्माणधिन भ्यु टावर पार्क स्थलमा संस्था को २५ बार्षिक साधारणसभा तथा रजत जयन्ती समारोह सम्पन्न भएको हो ।
साधारणसभामा संस्था कि कोषाध्यक्ष मणीनाथ बोगटीले आर्थिक बर्ष ०७९ श्रावण १ गतेदेखि २०८० असार ३१ गतेसम्म को कुल ३३ लाख ११ हजार ९५२ रूपैया बराबरको आयव्यय प्रस्तुत गरेकी थिईन ।
संस्थाका अध्यक्ष लोकबहादुर कार्कीको सभाध्यक्षमम भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था , कृषि सहकारी मन्त्री माननीय वीर बहादुर थापा प्रमुख अतिथिमा रहनुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै मन्त्री थापाले स्थापनाकालदेखि जनजागरण सामुदायिक बन संरक्षणका लागि अहोरात्र खटिदै आएका स्थानीय बन उपभोक्ता तथा बन पदाधिकारीको प्रसंसा गर्दै अब बनलाई बहुपयोगि बन विकास कार्यक्रम कार्यक्रमको रूपमा लैजानुपर्ने बताउनुभयो , बनमा परम्परागत रूख बिरुवा मात्रै नभई , प्रत्यक्ष आएआर्जनमुलक वनस्पति उत्पादन गरि स्थानीयलाई रोजगारको वातावरण सृजना गर्नुपर्ने कुरामा जोड दिनुभयो । विगतमा वैज्ञानिक बन व्यवस्थापन आम्सिक रूपमा असफल भईसकेको अवस्थामा सरकारले दिगो वन व्यवस्थापनको अवधारणा ल्याई सकेको र यसले धेरै बेरोजगारीलाई रोजगारी आयआर्जन मा टेवा पुग्ने छ मन्त्री थापाले भन्नुभयो ।
मन्त्री थापाले कृषि प्रबर्द्धन तथा बन विकास संरक्षणका बिषयमा आफ्नो मन्त्रालयले थुप्रै कार्यक्रमहरू ल्याईसकेको र सुदूरपश्चिम प्रदेश मा सबैभन्दा बढि योजना आफ्नो निर्वाचन क्षेत्रमा बिनियोजन गरेको कुरा अवगत गराउदै बिशेष गरि युवा किसानहरूलाई व्यावसायिक कृषि उत्पादन तर्फ अग्रसर हुन प्रेरित गर्नुभयो ।
कार्यक्रममा मन्त्री थापाले पुनर्वासको विकास र समृद्धि का लागि जनजागरण सामुदायिक वन मेरूदण्ड का रूपमा परिचित हुँदै आएको टिप्पणी गर्नुभयो । वनको माध्यमबाट साविक पराशनका जनताहरूले प्रसस्त लाभ लिंदै आएको बताउदै यसको संरक्षणका लागि सञ्चालक समितिको मात्रै नभई सबैको महत्त्वपूर्ण जिम्मेवार रहने मन्त्री थापाको भनाई छ ।
वनको उत्तरोत्तर प्रगतिको कामना गर्दै वन विकासका लागि प्रदेश सरकारबाट गरिनुपर्ने नितिगत बिषयमा आफुले पहल गर्ने उहाँले बताउनुभयो ।
केही समय यता वन क्षेत्रको संरक्षणमा उल्लेखनीय सुधार भएको कार्यक्रमका बिशिस्ट अतिथि तथा कुण्डा सब डिभिजन अधिकृत दिनेश कुमार यादवले जोड दिनुभयो , उहाले बनको थप विकासका लागि जुनसुकै परिस्थितिमा पनि बनको प्रशासनिक बिषयमा आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा पुनर्वास नगरपालिका ९ का वडा अध्यक्ष नरबहादुर बिकले शुभकामना मन्तव्य राख्दै मानव जिवनमा जल जमिन र जंगल नभई नहुने बिषय हुन जनजागरण सामुदायिक वन स्थानीय समुदायको साझा प्रयासले जोगाउन सफल भएको हो । बनको प्रयासमा स्थानीय उपभोक्ता लाई प्रत्येक्ष लाभ मिल्नुको साथै विभिन्न सामाजिक बिषयका कार्यक्रमहरू सम्पादन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरूले जनजागरण वन संरक्षण तथा विकासका बिषयमा भनाईहरू व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष लोकबहादुर कार्कीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०२४ सालमा तत्कालिन पुनर्वास आवास कम्पनिले भारतको सिमानामा बसोबास गर्ने पूर्व योजना अनुसार बस्ती बसाल्ने क्रममा जंगल फडानी गरी बस्ती बसाउने क्रम जारी रहयो ।
यो जङ्गलमा पनि बस्ती बसाल्ने उद्देश्यले कटानको लागी छपान समेत भई सक्दा तत्कालिन टि.सि. एन. र पुनर्वास कम्पनिको अन्तरिक विवादले गर्दा यो जंगल कटान हुनबाट रोकिएको र स्थानीयको प्रयासमा बृहत छलफल गरि जनजागरण सामुदायिक वनको नामाकरण गरि करिब ४ सय हेक्टर वन क्षेत्र संरक्षण गरिदै आएको जानकारी दिनुभयो ।
संस्थाले चालू आर्थिक बर्षमा वन उपभोक्तालाई प्रत्यक्ष लाभ हुने प्रकारका जनचेतनामूलक तथा रचनात्मक कार्यक्रमहरू गरेको बिबिध बिषयहरू प्रस्तुत गरिएको थियो । वन संरक्षण का लागि अग्नि नियन्त्रण सम्बन्धि बिबिध कार्यक्रम वन क्षेत्रको तारबार तथा ट्रेन्च खन्ने , बृक्षारोपण , रानिवन भ्यु पार्क सरसफाइ , ऐतिहासिक प्यारातालमा पर्यटन बिश्रामका लागि गोलघर निर्माण , गरिब विपन्न महिला तथा बालबालिका उत्थानका लागि जिविकोपार्जनका कार्यक्रमहरू सञ्चालन । त्यो संगै हात्ती आतंक नियन्त्रण , क्यान्सर पिडितलाई सहयोग , वन संरक्षणका लागि सडक नाटक , बिद्यालय सुधार तथा जैविक ल्याब निर्माण जस्ता कार्यक्रमहरू समेत चालु आर्थिक बर्षमा सुचारु गरिएको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको थियो
बनका पुर्व कोषाध्यक्ष करण ऐडी २५ औं रजत जयन्ती मनाईरहदा अझै पनि सामुदायिक बन संरक्षण प्रति उत्तरदायी नभएको महसुस गरेको छु उनले भने , बन विनाश बढेको छ , पुराना रूख काटिदै गर्दा नयाँ बिरुवा उत्पादन तर्फ सन्तोषजनक नरहेको अवस्था देखिएको छ ।
संस्थाको नेतृत्वमा सामुदायिक बनको दक्षिणी भुभागमा रहेको १२ बिगाह क्षेत्रफलमा पर्यटकीय क्षेत्र निर्माण गर्ने उदेश्यका साथ पुर्व खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा भ्युु पार्कको सिलन्यास गरिएको थियो यद्यपि सरकारमा रहदै गर्दा मन्त्री बिना मगरले संघीय सरकारबाट कुनै बजेट उपलब्ध गराउन नसकेको उनले गुनासो राखे । भ्यु पार्क को योजना अझै पूरा हुन नसकेको उनले थपे ।
बनका पुर्व सचिव भरत बहादुर बिष्टले बन जोगाउन स्थापनाकालमा धेरै संघर्ष गर्नुपरेको बिषय पिडा सुनाउनुभयो ।
वडा अध्यक्ष राना श्रवणले सामुदायिक बनले २५ बर्ष पूरा गरेको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै बन संरक्षणमा हामी सबै उत्तरदायीहुनुपर्ने कुरामा जोड दिनुभयो ।
जनजागरण सामुदायिक बनमा स्थापनाकाल देखि २३ बर्ष सम्म अध्यक्ष रहेका संस्थापक अध्यक्ष कृष्णबहादुर तामाङले सामुदायिक बनको महत्वकांक्षि योजना भ्यु टावर जुन उत्साह का साथ पूरा गर्ने कार्ययोजना अगाडि ल्यायौ , बिचमा कोरोनाका कारणले गर्दा अवरोध हुनगयो , यसैबिच वैज्ञानिक बनको अवधारणा आएको थियो यदि बैज्ञानिक बनको योजना पूरा भएको भए भ्यु पार्कको योजनामा टेवा पुग्ने थियो । त्यो योजना पनि बिचमा तुहियो र सफल हुन सकेन यद्यपि बनको आन्तरिक बजेटमा भ्यु टावरको निर्माणकार्य जारि रहेको सुनाउनुभयो ।
वडा अध्यक्ष नरबहादुर बिकले देश हिजो सरकार विहिन संक्रमणकालिन अवस्थामा स्थानीय विकासका कार्यक्रम समेत गर्दै आएको यथार्थ बिषय उल्लेख गर्नुभयो ।
बनले स्थानीयलाई सामाजिक रूपमा एकीकृत गर्दै आर्थिक स्तरमा समेत टेवा पुर्याउदै आएको र जनजागरण सामुदायिक बन पुनर्वास कै गौरबको रुपमा मानिने बताउनुभयो ।
कार्यक्रममा वनका पुर्व अध्यक्ष कृष्णबहादुर तामाङ , पुर्व वन सचिव भरतबहादुर बिष्ट , वडा अध्यक्ष राना श्रवण , अध्यक्ष मुलचन्द राना , अध्यक्ष नरबहादुर बिक , कुण्डा सब डिभिजन बन अधिकृत दिनेश कुमार यादव ,लगायतका व्यक्तिहरु अतिथिमा आसिन हुनुहुन्थ्यो ।
कार्यक्रममा विभिन्न बिद्यालयका बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा बन संरक्षण का लागि योगदान पुर्याउने विभिन्न व्यक्तिहरूलाई मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो ।
संस्थाकी उपाध्यक्ष शान्ति माया तामाङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव लाल प्रसाद घिमिरेले गर्नुभएको थियो ।
















