कञ्चनपुरको पुनर्वासमा पहिलो पटक मनाईयो १२ औं राष्ट्रिय विज्ञान दिवस
पुनर्वास–मंगलबार देशभर १२ औं राष्ट्रिय विज्ञान दिवस मनाईरहँदा कञ्चनपुरको पुनर्वासमा पनि पहिलो पटक भव्य रुपमा मनाईएको छ ।
सुदुरपश्चिम आविष्कार केन्द्र पुनर्वासको आयोजना पुनर्वास नगरपालिका–६ स्थित पुनर्वास जनता माध्यमिक बिधालयको प्राङ्गणमा १२ औं राष्ट्रिय विज्ञान दिवस मनाईएको हो ।
सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काको प्रमुख आतिथ्य तथा आविष्कार केन्द्र पुनर्वासका अध्यक्ष रामचन्द्र नेपालको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको बिशिष्ट अतिथीमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा आसिन रहनुभएको थियो ।
“विज्ञान तथा प्रविधि,विकास र उत्पादन वृद्धि” भन्ने मुख्य नारा सहित आयोजना गरिएको विज्ञान प्रदर्शनीमा पुनर्वास नगरपालिका,बेलौरी नगरपालिका,लालझाडी गाउँपालिका र धनगढी उपमहानगरपालिकाका निजि तथा सामुदायिक २४ बिधालयको सहभागिता रहेको युवा वैज्ञानिक प्रकाश गैरेले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री खड्काले विज्ञान आविष्कार जस्ता कार्यक्रमले बिधार्थीहरुमा बढ्दो लागुऔषध दुव्र्यसनीलाई नियन्त्रण गर्न ठुलो टेवा पुग्ने बताउनुभयो ।
उहाँले यस्ता कार्यक्रमलाई निरन्तरता दिई बिश्वमा सुदुरपश्चिमको पहिचान दिनुहुनेछ भन्ने आसा सहित शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै, पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले आयोजकलाई धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमका लागि नगरपालिकाबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
कार्यक्रमका अतिथीलाई स्वागत र प्रदर्शनीका विषयमा जानकारी गराउँदै सुदुरपश्चिमलाई आविष्कार केन्द्रका रुपमा विकास गर्दै लैजाने अठोट रहेको जानकारी दिनुभयो ।
प्रदर्शनीमा सहभागी बिधालय मध्ये युग ज्योति एकेडेमी, आदर्श बोर्डिङ स्कुल,दुर्गा माध्यमिक बिधालय,खप्तड बोर्डिङ स्कुल,वेस्टर्न क्रिस्टल एकेडेमी धनगढी,पुनर्वास पब्लिक स्कुल,त्रिभुवन एकेडेमी,रामबुद्ध माध्यमिक बिधालय,समशिक्षा इन्टरनेसनल निकेतन र एसपिएल एकेडेमी उत्कृष्टमा परेका थिए । भने उपाधी भने पुनर्वास जनता माध्यमिक बिधालयलाई दिईएको थियो ।
बिधार्थीहरुको निकै उत्साह रहेको प्रदर्शनीलाई पुनर्वास जनता माध्यमिक बिधालयमा शिक्षकद्वोय कर्णबहादुर रोकाया र दिलमाया बिकले सहजीकरण गर्नुभएको थियो ।