पुनर्वासमा अनौठो चोर, अघिल्लो दिन चोरेर अर्को दिन साँढे तीन तोला कम बुझायो
पुनर्वास–बुधबार राती कञ्चनपुरको पुनर्वास नगरपालिका–६,टाउन स्थित रामबहादुर थापाको घरबाट करिब साँढे दश तोला सुनका गहना र नगद बीस हजार रुपैँया चारी भएको थियो ।
राती घरमा थापाकी बुहारी नभएको मौका छोपी सुनका गहना र नगद रुपैँया चोरेको चारले बिहिबार राती घरको आगँनमा
करिब सात तोला गहना छाडेको थियो । तर साँढे तीन तोला सुनका औंठी र नगद बीस हजार भने अझै कस्ले चोरेको हो अज्ञात छ ।
चोरले हामी बसेको कोठामा चुक्कुल लगाई बुहारीको ढोकाको ताला र दराज फोडेर गहना चोरेको बिहान देखेपछि वडाध्यक्ष र प्रहरीलाई जानकारी गराएको रामबहादुर थापाले विश्व खोजसँगको कुराकानीमा सुनाए ।
उनले बुहारी चितवन गएको मौकामा नजिकैको चिनेकै व्यक्तिबाट यो घटना भएको हुनसक्ने अनुमान लगाएका छन् ।
यता घटनाका विषयमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक हेमराज भट्टसँग बुझ्दा केहि युवाहरुलाई शंकाको आधारमा ल्याई सोधपुछ गरेको र घटनाको अनुसन्धान जारी नै
रहेको बताए ।
त्यस्तै थापाकी बुहारी मनिता पन्तले कहि कसैले गहना बेच्दै गरेको अवस्थामा देखे ९८६७७३३०७५,९८६८५५५७८० मा सम्पर्क गर्न अनुरोध गरेकी छिन् । उनले अरुलाई सचेत रहन आग्रह गर्दै चोरको जानकारी दिनेलाई गोप्य रुपमा विशेष
पुरस्कार समेत दिने घोषणा
गरेकी छन् ।