Above Article Ad
  • पुनर्वासको अमरबस्तीमा रात्रीकालिन त्रयोदशी मेला

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका -११ मा अवस्थित कालिका मन्दिरमा हरेक वर्ष दशैंको त्रयोदशीका दिन लाग्ने मेला सुरु भएको छ । सुदूपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह थापाको प्रमुख आतिथ्यतामा मेलाको उदघाटन गरीएको थियो ।
    मेलाको उदघाटन गर्दै सुदूपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह थापाले पुनर्वास आफैमा देवभूमि भएको बताउँदै प्रदेश भरिका सबै देवी देवताको मन्दिरहरू यहाँ रहेको उहाले बताउनु भयो । पुनर्वासमा देशभरिका सबैको बसोबास रहेको बताउँदै धार्मिक सहि्णुता तथा धर्म प्रतिको लगाव देखेर आफू खुशी भएको उहाले बताउनु भयो। मन्दिरका लागि प्रदेश सरकारबाट आफूले गर्नुपर्ने सम्पूर्ण सहयोग र कामहरू आफूले गर्न तत्पर रहेको उहाले बताउनु भयो।
    यस्तै कार्यक्रममा बोल्दै सुदुर पश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टी. एन. जोशिले सरकारको मुख्य उदश्य अनुसार यहाँका रीतिरिवाज, मौलिकताका लागि आफूहरु काम गरी रहेको बताउनु भयो। यहाको देउडा, यहाको धर्म, संस्कृती, रितीरिवाजका लागि आफूहरुले प्रदेश सारकार संग पहल गरिरहेको बतउनुभयो। मेलालाई निरन्तरता सँगै मन्दिरको विकासको लागि सबैको साथ सहायोग आवश्यक रहेको उहाँले बताउनु भयो ।

    यस्तै कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले २०३६ साल देखिनै मेलाको आयोजना हुँदै आएको बताउनुभयो । हरेक वर्ष लाग्ने त्रयोदशी मेलाका लागि पालिकाबाट गर्नुपर्ने सहायोग गर्न आफू तयार रहेको बताउनुभयो । मेलामा कुनै पनि अराजक गतिविधी नगर्न पनि उहाले आग्रह गर्नुभयो।

    Article inline ad #1
  • कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगर उपप्रमुख भुलिया कुमारी रानाले मन्दिरको विकासका लागि पालिकाको गर्नुपर्ने अधुरो कामहरू पुन: पनी सुरु गर्ने प्रतवद्धता व्यक्त गर्नुभयो । उहाले प्रदेश सरकारले पनि मन्दिरका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि गर्नुपर्ने सहायोग र योजनाका लागि आग्रह गर्नुभयो।

    Article inline ad #2

    कालिका मन्दिरमा २०३६ सालदेखि निरन्तर मेलाको आयोजना गर्दै आएको कालिका मन्दिर विकास समितिका अध्यक्ष पदम देउवाले बताउनुभयो। मन्दिरको पुरातत्विका महत्व रहेको बताउँदै उहाँले स्थानिय, प्रदेश र केन्द्र सरकारको सहयोग आवश्यक रहेको बताउनु भयो । मेलामा झण्डै १० हजार जनाले अवलोकन गरेको आयोजकले जनाएको छ । मेलाको सञ्चालन मन्दिर समितिका सचिव भूपेन्द्र अधिकारीले गर्नुभएको थियो । यस्तै मेलामा जनप्रतनिधि, स्थानीय लगायतको उपास्थिती सँगै रातभरि नै देउडा खेल खेलिएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by