राज्यको लगानीलाई प्रभावकारी बनाउन पुनर्वासकी उपप्रमुख योजना अनुगमनमा
पुनर्वास–आर्थिक वर्षको मसान्तमा नगरका विभिन्न योजनाका कामहरु सम्पन्न गर्ने क्रम यतिबेला भ्याई नभ्याई हुन्छ । उपभोक्ता समिति र निर्माण कम्पनीले जिम्मा लिएका योजनाको असाढ मसान्त भित्रै काम सम्पन्न गरिसक्नुपर्ने राज्यको नियम छ ।
असाढ मसान्तमै हुने कामहरु केहि कमसल हुन्छन् भन्ने धेरै सुनिनन्छन् त्यै पनि सरकारी सबै कार्यालयका योजनाहरु अषाढ मसान्तमै आएर सुरु गर्न थालिन्छन् ।
त्यस्तै योजनाहरु कञ्चनपुरको पुनर्वास नगरपालिकामा पनि अषाढको महिना नजिकै आएर सुरु भएका थुप्रै छन् । तर पनि नगरपालिका भरीका हरेक योजनाको अनुगमन गर्न नगर उपप्रमुखको संयोजकत्वमा प्राविधिक सहितको समिति छ ।
वडाका सबै योजनाको नगर उपप्रमुख भुलिया राना स्टीमेट अनुसार भएनभएको प्राविधिकको सहायतामा अनुगमन गरिरहेकी छन् । अनुगमनकै क्रममा उनले उपभोक्ता समिति र निर्माण कम्पनीलाई तोकिएको स्टीमेट अनुसार नभए नियमानुसार रकम कटौती गरी टिप्पणी उठ्ने जानकारी गराउँदै आएको देखिन्छ ।
उपप्रमुख राना राज्यको लगानीलाई दुरुपयोग हुनबाट रोक्दै प्रभावकारी बनाउनु नै हाम्रो दायित्व र भुमिका रहने बताउछिन ।
सोमबार पनि पुनर्वास नगरपालिका–६ र ९ का केहि योजनाका क्रममा उनले उपभोक्ता समितिहरुलाई कार्यालयले तोकिएको स्टीमेट भन्दा बाहिर नजान सुझाव दिएकी थिईन ।
नगर उपप्रमुख राना यतिबेला प्रायः जसो असारे बजेटका योजनाहरु अनुगमनमै व्यस्त देखिन्छन् ।