Above Article Ad
  • मन्त्री बनेर पिछडियका बर्गको हकहितमा काम गर्नेछु:सांसद गीता चाैधरी

    Above Article Content Ad
  • कञ्चनपुर -, कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ काे समानुपातिक बाट सांसद बनेकी गीता कुमारी चौधरी पिछडीएका बर्गका हकहितका लागि काम गर्ने बताउनु भएकाे छ ।
    थारु सामुदायबाट सांसद बन्ने उनी एक्ली महिला हुन । गीता चाैधरी नेपाली काँग्रेसबाट समानुपातिक सांसद बन्नु भएकाे हो । पार्टीले जिम्मेवारी दिए मन्त्री भएर पिछडीएका बर्ग समुदायको हकहितका लागि अाफु सँघर्ष गर्ने बताउनु हुन्छ ।

    २०७४ सालमा पनि उनलाई समानुपातिकको बन्द सुचीमा राखेको थियो । तर त्यो बेला उनी सांसद भने बनिनन् । त्यस यता पनि उनको सकृयता राजनितीमा घटेन ।
    उनले अब सांसद बनेपछि पछाडी परेका बर्गहरुको राजनितिक अधिकारको लागी काम गर्ने बताईन। उनले भनिन्,’ म चौधरी सामुदायबाट सांसद बनेकी छु, मलाई सबैले विश्वास गर्नु भएको छ । संसद भनेको निती निर्माण गर्ने थलो हो । त्यसैले सबैको अझ त्यसमा पनि पिछडियका सामुदायको हक अधिकारमा काम गर्ने छु।’ चौधरीले आफुमा मन्त्री बन्ने हुटहुटी पनि रहेको बताईन ।
    ‘मलाई पार्टीले विश्वास गरेर सांसद बनाएको छ। अझै मलाई मन्त्री पनि बन्नु छु । म गठबन्धनको तर्फबाट थारु सामुदायबाट एक्ली महिला सांसद बनेकी छु। त्यस हिसाबले पनि मलाई पार्टीले मन्त्री बनाउने छ,’ उनले भनिन् ।

    Article inline ad #1
  • को हुन गीता ?

    Article inline ad #2

    २०४६ साल कार्तिक १३ गते कृष्णपुर नगरपालिका वडा न.६ बुवा नाथुराम चौधरी र आमा बुधनी देवी चौधरी को कोख बाट उनको जन्म भएको हो । उनले २०५२ साल मा महाकाली माध्यमिक विद्यालय मा आफ्नो पढाई सुरु गरेकी थिइन् ।
    गीताले एम.ए सम्मको पढाई पुरा गरी सकेकी छन् ।   सानै उमेर देखि नै उनी आफ्नो बाजे र बुवा को राजनीति बाट प्रभाबित भएर राजनितीमा लागिन । त्यस यता  नेपाली कांग्रेस का नेता एन पि साउँद सँग सामीप्यता बढ्यो । उनका  बुवा २०५४ साल को स्थानीय निर्वाचन मा नेपाली कांग्रेस बाट वडा अध्यक्ष मा निर्वाचित भएका थिए ।
    गीता काँग्रेसको साधारण सदस्य हुँदै हाल माहाधिबेशन प्रतिनिधी पनि हुन । १६ वर्ष को कलिलो उमेर मा नै उनले २०६३ बाट आफैले  पढेको बिद्यालय मा ६ वर्ष शिक्षण पेशा पनि गरिन । गीता ३ वर्ष सम्म सिंहपुर सामुदायिक बनको कोषाध्यक्ष ,२ बर्ष सिंहपुर सामुदायिक बन कै कार्यालय सचिब बनिन ।
    त्यस्तै उनी  बिधुत सहकारिकी सचिब,कंचनपुर सिचाई परियोजना की कोषाध्यक्ष,सिंहपुर युवा कलब को सचिब, प्रधानमन्त्री धान जोन को सह-संयोजक लगायतका कार्य मा पनि सकृय बनिन्। अहिले उनले श्रीमान डा. फुलराम चौधरी सँग मिलेर कन्चनपुरको कृष्णपुरमा निमेष अस्पताल पनि सन्चालन गरीरहेकी छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button