Above Article Ad
  • पुनर्वास पब्लिक स्कुलको सातौ वार्षिकोत्सव तथा नवनिर्मित दुईतले भवन उद्घाटन

    Above Article Content Ad
  • कञ्चनपुर-कञ्चनपुको पुनर्वास नगरपालिका–५ मा अवस्थित पुनर्वास पब्लिक स्कूलको सातौ वार्षिकोत्सव तथा दुईतले बिधालय भवनको उद्घाटन गरिएको छ ।

    विहिबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर थापाको सभाध्यक्ष तथा पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदम बहादुर रोकायाको प्रमुख आतिथ्यमा स्कूलको सातौ वार्षिकोत्सव तथा दुईतले बिधालय भवनको उद्घाटन गरिएको हो ।
    कार्यक्रमका सभाध्यक्ष थापा र प्रमुख अतिथी रोकायाले संयुक्त रुपमा पानसमा दिप प्रज्ज्वलन गरि कार्यक्रमलाई उदघाटन गर्नुभएको थियो ।
    त्यस्तै विशिष्ट अतिथिमा पुनर्वास–४ का वडाध्यक्ष मनोज जैसी, पुनर्वास–६ का वडाध्यक्ष मित्रसिंह लामा, प्याब्सन पुनर्वासका अध्यक्ष बालकृष्ण ढकाल र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरिक्षक हेमराज भट्ट आसिन हुनुहुन्थ्यो । भने विभिन्न व्यक्तित्वहरुको आतिथ्यता थियो ।
    प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै वडाध्यक्ष रोकायाले सहि शिक्षाले समाजलाई उन्नतितर्फ डो¥याउने र शिक्षामा गरिएको लगानी खेर नजाने बताउनुभयो ।
    त्यसैगरी, सभापतिको आसनबाट बोल्नुहुँदै अध्यक्ष थापाले विद्यालयहरु नाफामुखी भन्दा सेवामूखी हुनुपर्छ । यसले समाज तथा राष्ट्र निर्माणमा विद्यालयहरुको महत्वपूर्ण भूमिका हुने हुँदा जिम्मेवारीपूर्वक अगाडी बढनुपर्ने कुरा प्रष्ट पार्नुभयो ।
    सुरुवात देखि नै भाडाको घरमा बिधालय सञ्चालन हुँदै आएकोमा अब यसै शैक्षिक सत्रदेखि आफ्नै भवनमा पठनपाठन हुने विद्यालयका संस्थापक विश्वनाथ जोशीले बताउनुभयो ।

    Article inline ad #1
  • त्यसैगरी कार्यक्रममा बिधालयका प्रिन्सिपल हेम बहादुर थापाले धनगढीका बिधालयले दिने शैक्षिक गुणस्तर र सुविधा दिने बताउनुभयो ।
    धनगढी सम्म पुग्दाको समयको सदुपयोग हुने गरी अतिरिक्त कक्षा बिधार्थीहरुलाई सञ्चालन गर्ने उहाँको भनाई थियो ।
    पछिल्लो समयमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस बिधालयको सुविधा सम्पन्न भवन निर्माणले बिधार्थीहरुको थप आर्कषण बढेको देखिन्छ ।

    Article inline ad #2

    अतिरिक्त क्रियाकलाप तथा विभिन्न साँस्कृतिक कार्यक्रम रहेको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक दिनेश ओझाले गरेका थिए भने कार्यक्रमलाईे सञ्चालन विद्यालयका प्रधानाध्यापक हेम बहादुर थापाले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button