Above Article Ad
  • बेलौरीका मगर मृत्यु प्रकरण : दुई जना पक्राउ,घटना सामसामु बनाउन मृतक परिवारलाई दश लाखको डिमाण्ड

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको बेलौरी नगरपालिका–१, फटियामा सोमबार छिमेकीको कुटाईबाट गम्भिर घाईते भएका ४५ वर्षिय सुबास मगरको उपचारका क्रममा मंगलबार राती मृत्यु भएको छ ।
    मृत्युपछि छिमेकी ४२ वर्षिय टेकबहादुर चन्द र ४५ वर्षिय किसन चन्द माथी मृतकका छोरा भुपेन्द्र मगरले धनगढी प्रहरीमा दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई ईलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरेको हो ।
    आफ्नै परिवारमा आन्टीसँग सामान्य विवाद भईरहेका बेला छिमेकी चन्द दाजुभाईले बुवा माथी आक्रमण गरेको मृतकका माईला छोरा भुपेन्द्र मगरले बताए ।
    बुवालाई र मलाई एक्कासी पहिला धकेले, बुवाले किन धकेलिस भन्दै थिए,मैले बुवालाई तानेर घरभित्र हुल्न खोज्दा बुवा माथी पछाडीबाट ढुङ्गाले प्रहार भएको छोरा भुपेन्द्रको भनाई छ ।
    “ढुङ्गा प्रहारपछि ढलेका बुवालाई दुई–तिन जना लागेर भित्र कोठाभित्र राखे, चोट लागेको सबै पानीले पखालिदिए,हल्का रक्सी पिएकाले आफुले सुते होलान सोचे तर बिहान उठाउँदा पनि बुवा नउठेपछि साथीको साधनमा आई.बी.आर.डी. स्थित पोलिक्लिनमा पु¥याए । त्यहाँ डाक्टरले उपचारका लागि सेती प्रादेशिक अस्पतालका लागि एम्बुलेन्स मगाएर रिफर गरिदिए । सेतीमा पनि आईसियु बेड खाली नभएपछि धनगढीकै निर्सग हस्पिटलको आईसियुमा राखेर उपचार सुरु गरियो । चोटबाट टाउकोमा नसा फाटेको रिर्पोटमा देखियो । उपचारका क्रममै मंगलबार राती करिब ९ बजेतिर बुवाले परान त्याग गर्नुभयो ।” छोरा भुपेन्द्रले भने, “हामीलाई घटना सामसुम बनाउन चन्द दाजुभाई र उनका आफन्तहरुले दश लाख सम्मको डिमाण्ड राखेर प्रलोभनमा पार्नखोज्दै थिए ।”
    बुवाको मृत्युपछि जिल्ला प्रहरी कार्यालय कैलालीमा चन्द दाजुभाई माथी किटानी जाहेरी दर्ता गराएको भुपेन्द्रले जानकारी दिए ।
    बुवाको साहारामा हामी तीन दाजुभाई र हजुरआमा थियौं । बुवा गाउँघरमै कार्पेन्टरको काम गरी घरगुजारा चलाउनु हुन्थ्यो । तर बुवाको आज मृत्यु हुँदा हाम्रो पनि बिचल्ली भएको भुपेन्द्रले बताए ।
    भुपेन्द्रले बुवालाई मार्ने चन्द दाजुभाईले भोली अरु माथी पनि घटना दोहो¥याउन सक्ने भन्दै उनीहरुलाई जन्म कैद सजाय हुनुपर्ने विश्व खोजसँगको कुराकानीमा बताएका छन् ।
    प्रहरीको नियन्त्रणमा पुगेका चन्द दाजुभाईलाई बुधबार नै अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक गौरीप्रसाद जैशीले जानकारी दिए ।
    “घटनाको विषयलाई गम्भिरतापूर्वक हेरी अनुसन्धान सुरु गरिसकेका छौ ।” प्रहरी निरिक्षक जैशीले भने, “पिडित पक्षको जाहेरी कैलालीमा दर्ता भएसँगै हामीले दुबै चन्द दाजुभाईलाई नियन्त्रणमा लिई कार्वाहीका लागि प्रारम्भिक अनुसन्धान प्रक्रियामा छौ ।”
    छिमेकी माथीको प्रहारले सिँगो गाउँलाई नै त्रसित बनाएको भन्दै घटनाका विषयमा न्यायोचित छानबिनको स्थानीयहरुले समेत माग राखेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button