Above Article Ad
  • पुनर्वासमा वडाध्यक्षसहित पाँच जनाको मस्ती,सरकारी मोटरसाईकललाई प्राईभेट नम्बरमै चलाईराछन जबरजस्ती

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिकाका सरकारी मोटरसाईकललाई प्राईभेट नम्बरमै राखेर लामो समयदेखि वडाध्यक्ष देखि कर्मचारीहरुले मस्ती गर्दै आईरहेका छन् ।

    कार्यालयका दैनिकी कामकाजलाई सहज बनाउने उद्धेश्यका साथ जनप्रतिनिधि र कर्मचारीहरुलाई कार्यालयको समयावधीमा सञ्चालन गर्न नगरपालिकाले साधनको सुविधा दिँदा पुनर्वास नगरपालिका–६ का वडाध्यक्ष मित्र सिँह लामा सहित पाँच जना कर्मचारीहरुले जबरजस्ती नियम विपरित प्राईभेट नम्बर राखी सरकारी मोटरसाईकलको दुरुपयोग गर्दै आएका हुन् ।

    Article inline ad #1
  • कर्मचारीहरुलाई समेत निगरानी राख्नुपर्ने जनप्रतिनिधिबाट उल्टै सरकारी साधनको दुरुपयोग हुँदै आएको देखिन्छ । पुनर्वास नगरपालिका–६ का वडाध्यक्ष मित्र सिँह लामाले दुई वर्षदेखि बजाज कम्पनीको सु.प.प्र.०१०११प.५९१ नम्बरको पल्सर प्राईभेट नम्बरमै प्रयोग गर्दै आएपनि आफ्नो रबाबमा एकवर्ष देखि सरकारी मोटरसाईकल नविकरण समेत नगरी चलाउँदै आईरहेका छन् ।

    Article inline ad #2

    वडाध्यक्ष जस्तै चारजना कर्मचारी पनि अटेरी देखिएका छन् । उनीहरुले पनि झण्डै एक वर्षदेखि सरकारी मोटरसाईकललाई प्राईभेट नम्बरमा जर्वजस्ती हुईकाउँदै आएका छन् ।
    प्रशासन अधिकृत कृष्ण भट्टले बजाज कम्पनीको सुपप्र ०१०११प.८८९ नम्बरको पल्सर,लेखापाल मनिराज जोशीले बजाज कम्पनीको सुपप्र०१०१२ नम्बरको पल्सर,कम्प्युटर अपरेटर सन्तोष भट्टले एफजेडएसको सुपप्र ०१०११प.९३५ र सहायक कम्प्युटर अपरेटर हिराबहादुर बि.क. ले चलाईरहेको बजाज कम्पनीको लु.९७ प.३९९३ नम्बरको पल्सर मोटरसाईकल प्राईभेट नम्बरमै हुईकाउँदै आएपनि नगरपालिका प्रशासनले नम्बर प्लेट सम्म परिवर्तन गराउन सकेको छैन् ।

    अटेरी गर्ने जनप्रतिनिधिलाई त छाडौं,आफ्नै कर्मचारीहरुलाई समेत नियममा ल्याउन नसक्नु नगरपालिका प्रशासनको ठुलो कमजोरी देखिन्छ । यसरी सरकारी साधनलाई नियम विपरित चलाईरहँदा पनि उनीहरुको अटेरीपन भन्दै पन्छिनु गैरजिम्मेवारपुर्ण प्रशासनलाई बुझाउँछ ।

    यस विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टसँग बुझ्दा वडाध्यक्ष र कर्मचारीहरुले नगरपालिकाबाट बारम्बार गरेको पत्राचारलाई समेत अटेर गर्दै आएको जानकारी दिनुभयो ।
    नगरपालिकामा आउनु अगावै देखि सरकारी नम्बरलाई प्राईभेटमा चलाईरहेका रैछन् । तर मैले तपाईले भनेपछि बुझ्दा बारम्बारको पत्राचारमा पनि अटेरी देखे र फेरी तत्काल पत्राचार गर्न लगाउँदा समेत प्रक्रियामा नआएको प्रमुख प्रशासकीय अधिकृत भट्टले बताउनुभयो ।
    प्रशासनको कमजोरीलाई स्विकार्दै उहाँले अब आईतबार–सोमबार भित्रै प्राईभेट नम्बरका मोटरसाईकललाई सरकारी नम्बर प्लेट बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by