Above Article Ad
  • जापानमा ६.७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, पाँच प्रान्तमा धक्का महशुस

    Above Article Content Ad
  • टोकियो –जापानको मियागी तटमा ६.७ म्याग्नीच्यूडको भूकम्प गएको र यसको असर देशका पाँच प्रान्तमा महरूस गरिएको छ।

    भूकम्पपछि सुनामीको कुनै खतरा नदेखिए पनि रेल सेवा स्थगित गरी र भूकम्पपछि पराकम्पन आउने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले उच्च सतर्कता अपनाएको छ। भूकम्पपछि भएका हुनसक्ने क्षतिको विवरण सङ्कलन गर्न प्रशासनले स्थानीय निकायहरूलाई निर्देशन दिएको छ।

    Article inline ad #1
  • निर्देशन पालना गर्न र भूकम्प जोखिममा रहेका क्षेत्रमा यात्रुलाई थप सावधानी अपनाउन अधिकारीहरुले आग्रह गरेका छन् ।

    Article inline ad #2

    जापानको मियागी क्षेत्रमा शुक्रबार शक्तिशाली भूकम्प गएको हो । सरकारले ६.७ म्याग्नीच्यूडको भूकम्पपछि सावधानीका लागि पाँच प्रान्तमा आपतकालीन चेतावनी जारी गरेको छ । यद्यपि भूकम्पपछि सुनामीको कुनै पनि खतरा नभएको मौसमविद्हरूले जानकारी गराएका छन् ।

    भूकम्प स्थानीय समयअनुसार राति ८ः२२ बजे गएको र भूकम्पको केन्द्रविन्दु मियागी प्रान्तको तटीय क्षेत्रमा ४३ किलोमिटर गहिराईमा रहेकोे जनाइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस) ले सुरुमा ६.६ माग्निच्युडको भूकम्प गएको बताएको थियो

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6