Above Article Ad
  • कालिका कृषि सहकारीको साधारणसभा सम्पन्न, पत्रकार जोशी सम्मानित

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा अवस्थित कालिका कृषि बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    बुधबार पुनर्वास नगरपालिका–३ का वडाध्यक्ष कृष्णबहादुर तामाङको प्रमुख आतिथ्यतामा सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

    Article inline ad #1
  • प्रमुख अतिथीको आसनबाट बोल्दै वडाध्यक्ष तामाङले सहकारीको प्रगतीको पछाडी शेयर सदस्यहरुको भुमिका अतुलनीय हुने बताए ।
    सहकारी सञ्चालक र कर्मचारीका भरमा नछाड्न जानकारी दिँदै आफ्नो बचतमा वद्धि गरी संस्थाको स्तरमा सुधार ल्याउन सके आफ्नो पनि आर्थिक पक्षमा सुधार आउने उनको भनाई थियो ।

    Article inline ad #2
  • ५ सय १३ शेयर सदस्य रहेको उक्त सहकारीको शेयर पूँजी ३५ लाख ३२ हजार ७ सय रहेको छ भने, गत आर्थिक वर्षमा ३२ हजार ९ सय ९५ रुपैँया मुनाफा गरेको प्रतिवेदनमा उल्लेख छ ।

    शेयर सदस्यहरुको उल्लेख्य सहभागिता रहेको साधारण सभामा सहकारीको विभिन्न विषयको पत्रकारिताका माध्यमबाट पु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै विश्व खोज दैनिकका पत्रकार हरिलाल जोशीलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button