
सिमाना कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा सम्पन्न
पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–११, भिमबस्तीमा अवस्थित सिमाना साना किसान कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाले पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यतामा आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
२२५ समुह रहेको सो संस्थामा १२ सय ६८ जना महिला सदस्यहरु छन् । संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ मा २७ लाख ८९ हजार गरेको लेखा परिक्षण प्रतिवेदनमा उल्लेख थियो ।
संस्थाकी अध्यक्ष कोपिला खड्काको सभाध्यक्षमा सञ्चालन भएको कार्यक्रममा सहकारी रजिस्टार तथा भुमी प्रशिक्षण कैलालीका ना.सु.देवराज पन्त,साना किसान विकास लघुवित्तका अधिकृत कृष्ण गोविन्द ढुंङ्गेल,दैजी साना किसानका प्रबन्धक कर्णबहादुर धामी,साना किसान विकास लघुवित्तका केन्द्रिय सदस्य धर्म सिँह कुवँर हुनुहुन्थयो भने अतिथीमा कालिका साना किसान सहकारी की अध्यक्ष मिना बिष्ट,ईन्दिरा पौडेल अतिथीमा आसिन रहनुभएको थियो ।
शेयरसदस्यहरुको बाक्लो सहभागिता रहेको कार्यक्रमलाई सञ्चालन संस्थाकी प्रबन्धक गिता कुमारी बिष्टले गर्नुभएको थियो ।