
पुनर्वासमा नव आगन्तुक प्रहरी निरिक्षक शाहीलाई स्वागत, प्रहरी निरिक्षक भट्टलाई फेरि भेटौला कार्यक्रम
पुनर्वास–ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका कार्यालय प्रमुख ज्युहरूको स्वागत तथा फेरि भेटौला कार्यक्रम आज एक कार्यक्रम बिच सम्पन्न गरेको छ ।
विगतका दिनहरू झै पुनर्वासमा आउने कार्यालय प्रमुखहरूलाई स्वागत तथा विदाई कार्यक्रम लाई निरन्तरता दिंदै पुनर्वास उधोग वाणिज्य संघले प्रहरी निरिक्षक हेमराज भट्टको बिदाई तथा नव आगन्तुक प्रहरी निरिक्षक महेश बिक्रम शाहीलाई मंगलबार एक कार्यक्रम बिच उधोग वाणिज्य संघ पुनर्वासले स्वागत गरेको हो ।
संघका उपाध्यक्ष लक्ष्मण थापाले पुनर्वासमा नव आगन्तुक कार्यालय प्रमुखको स्वागत तथा बिदाई कार्यक्रमलाई निरन्तरता दिंदै प्रहरी निरिक्षक हेमराज भट्टको बिदाई तथा नव आगन्तुक प्रहरी निरिक्षक महेश बिक्रम शाहीलाई स्वागत गरिएको बताए ।
फेरि भेटौला कार्यक्रममा निकै भावुक हुँदै प्रहरी निरिक्षक हेमराज भट्टले भने राष्ट्र सेवकका रूपमा कार्यरत हुदैगर्दा सरूवा बढुवा , अवकाश निरन्तर चलिरहने प्रक्रिया हो । नयाँ कार्यक्षेत्रमा आउदै गर्दा के होला कसो होला भन्ने मनमा एकातिर चिन्ता रहने तथा कार्यकाल पूरा गरेर जाँदै गर्दा मनमा बिछोडको पीडा महसुस भएको बताए ।
आफ्नो १३ महिने कार्यकालमा पुनर्वासको बसाइँ , र पुनर्वास क्षेत्रका उधोगि व्यापारी , समाजसेवी ज्युहरूबाट पाएको साथ सहयोग सधैं स्मरण रहिरहनेछ उनले भने । काम गर्ने सिलसिलामा चुनौती पनि धेरै नै सामना गर्नुपरेको हो । यद्यपि स्थानीयको साथ सपोर्टले गर्दा आफुले सन्तोषजनक सफलता हासिल गरेको बताए । सिमा सहजीकरणको बिषय होस वा चोरि तस्करी , स्थानीय शान्ति सुरक्षाको बिषय होस स्थानीयवासीबाट प्रसस्त सहयोग प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरेको सुनाए ।
नव आगन्तुक प्रहरी निरिक्षक महेश बिक्रम शाही ले पुनर्वासमा हुने आपराधिक क्रियाकलापमा होस वा शान्ति सुरक्षाको बिषयमा , सिमामा हुने नकारात्मक गतिविधि तथा विकृति न्युनिकरणका लागि स्थानीय समाजसेवी बुद्धिजीवी विभिन्न सरोकारवालासंग हातेमालो गरि अघि बढ्ने उनले प्रतिबद्धता गरे ।
कार्यक्रममा उधोगि तथा नेपाल ईटा व्यवसायी संघ कञ्चनपुर अध्यक्ष कृष्णबहादुर तामाङले पुनर्वासमा विकास र समृद्धि कसरी स्थापित गर्न सकिन्छ सबैले हातोमालो गरि अघि बढनु पर्ने सुझाव आफ्नो भनाइमा भने।
कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिका उपप्रमुख भुलिया कुमारी रानाले पुनर्वासको समग्र शान्ति सुरक्षा व्यवस्थापन संगै खुला नाकाको फाईदा उठाउदै पुनर्वासको मार्ग भएर चेलिबेटी बेचबिखनमा पर्ने गरेको बिषयलाई मध्यनजर गरि सुरक्षा व्यवस्था अझ कडाइ गर्नुपर्ने नव आगन्तुक प्रहरी निरिक्षकलाई सुझाव दिईन ।
कार्यक्रमका सभापति तथा पुनर्वास उधोग वाणिाज्य संघका अध्यक्ष राजकुमार रायमाझीले खुला नाका र अवैध तस्करीका कारण सिमावर्ति नेपाली बजारमा व्यवसाय गर्ने अधिकांश व्यवसायहरू धरासायी हुँदै गएको कुरामा जोड दिए ।
सिमा नाकामा सशस्त्र प्रहरीले कडाइ गरेको बताईन्छ तर प्रतिबन्धित पेय पदार्थ , अण्डा , माछा , बोईलर कुखुरा लगायत निर्बाध रूपमा भित्रिनाले नेपाली व्यवसायहरू प्रत्येक्ष मारमा पर्ने गरेको उनले टिप्पणी गरे । सरकारले नै प्रतिबन्ध गरेको अखाद्य सामाग्री सिमा नाकामा सुरक्षा संयन्त्र हुंदाहुदै पनि नेपाल भित्रिनु आफैमा प्रश्न चिन्ह खडा भएको संघका अध्यक्ष रायमाझीले गुनासो गरे ।
कार्यक्रमको सञ्चालन वाणिाज्य महासचिव बालकृष्ण ढकालले गरेका थिए ।
यसैगरी, पुनर्वास नगरपालिका–८ मा रहेको श्री जनजागरण सामुदायिक वन उपभोक्ता समुह ले पनि एक कार्यक्रम को आयोजना गरि स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न गरेको छ ।
वनका अध्यक्ष लोकबहादुर कार्कीको सभापतित्व तथा पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर प्रमुख शर्माले भने पुनर्वासको शान्ति सुरक्षा लाई अझ सुधार गर्दै लैजान नव आगन्तुक प्रहरी निरिक्षकलाई शुझाव दिनुभयो ।
भारतीय सिमा क्षेत्रसंग जोडिएको पुनर्वासमा बढ्दो चेलिबेटी बेचबिखन , मानव तस्करी , अबैध मालसामान ओसारपसार जस्तो क्रियाकलापलाई नियन्त्रण गर्नुपर्ने चुनौती रहेको नगर प्रमुख शर्माले बताए । चोरी तस्करी र शान्ति सुरक्षाका बिषयहरू प्रहरी र वन कार्यालयको साझा समस्या रहेको कुण्डा सेक्टर वन अधिकृत दिनेश कुमार यादवले बताए ।
विदाई हुने प्रहरी निरिक्षक हेमराज भट्टलाई जनजागरण वनका अध्यक्ष लोकबहादुर कार्कीले मायाको चिनो प्रदान गरेका थिए ।
बिदाई तथा स्वागत कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले स्थानीय विकास र समृद्धिमा प्रहरीको महत्त्वपूर्ण भुमिका रहने भएकोले प्रहरीले ईमानदारीपुर्ण भुमिका निर्वाह गर्नुपर्ने तथा प्रहरीलाई पनि स्थानीयवासीले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
वनका उपाध्यक्ष शान्ति तामाङले गरेको स्वागत कार्यक्रमको सञ्चालन सचिव लाल प्रसाद घिमिरेले गरेका थिए ।















