Above Article Ad
  • पुनर्वास-५ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका पदम रोकाया विजयी, वडामा एमालेका मेयर पदम पुजाराको अग्रता

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-५ मा निकै प्रतिस्पर्धाबाट वडाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार पदम रोकाया विजयी भएका छन् ।

    शुक्रबार बिहान अन्तिम मत परिणामको नतिजामा रोकायाले ७ सय ९२ मत ल्याउदै आफ्ना प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका धर्मेन्द्र जेठारासंग ३५ मतान्तरले विजयी भएका हुन् ।

    Article inline ad #1
  • गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार जेठाराले ७ सय ५७ मत प्राप्त गरेका थिए । भने वडासदस्यहरुमा नेपाली काङ्ग्रेसबाट एक सदस्य र नेकपा एमालेबाट ३ सदस्य विजयी भएका छन् ।

    Article inline ad #2

    त्यसैगरी उक्त वडामा मेयर पदका उम्मेदवार पदम पुजाराले एक हजार दुई मत ल्याउदा नेपाली काङ्ग्रेसका उम्मेदवार तोयाप्रसाद शर्माले ८ सय ४० मत पाएका थिए । भने एकीकृत समाजवादीका मेयरका उम्मेदवार जिवनराज थापाले ४ सय ४९ मत पाएका छन् ।

    त्यसैगरी उपमेयरमा माओवादीका धोखे रानाले ७ सय ८३ मत, नेपाली काङ्ग्रेसकि भुलिया रानाले ७ सय ४८ मत र नेकपा एमालेकी सुशीला खत्रीले ७ सय ४० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय पुनर्वासले जनाएको छ ।

    ४ हजार १ सय ४५ मतदाता रहेका सो वडामा २ हजार ७ सय ४२ जनाले मात्रै मतदान गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button