Above Article Ad
  • साना किसान सहकारीको १३ औं वार्षिक साधारण सभा सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा अवस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड कालिकाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
    सोमबार पैसट्टी बिघाको खेलमैदानमा संघिय सांसद तारालामा तामाङको प्रमुख आतिथ्यतामा संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

    प्रमुख अतिथी सांसद तामाङले सहकारी सञ्चालक र शेयरधनी सदस्य दुबैको सक्रियता रहे मात्रै सहकारीको प्रगती हुने बताए ।

    Article inline ad #1
  • “धेरै सहकारीहरुले दिने सेवा एकै किसिमको छ ।” उनले भने, “बचत ऋणसँगै कृषि सहकारी भएकाले बिउबिजन र रसायनिक मल उत्पादन तर्फपनि ध्यान दिनुपर्छ ।”

    Article inline ad #2

    त्यस्तै सहकारीका अध्यक्ष मिना बिष्टले सहकारीलाई शेयर सदस्यहरुले पनि मेरो सहकारी हो भनेर आत्मैदेखि स्मरण गर्नुपर्ने बताईन ।
    उनले बारम्बार ताकेता गर्दापनि धेरै शेयरसदस्यहरुले भाका नाघेका कर्जा नतिरेका कारण संस्थालाई गाह्रो भएको बताईन ।
    सहकारीले आर्थिक बर्ष २०७९÷८० मा ३ करोड २९ लाख १८ हजार बराबरको कारोबार गरेको छ । जसमा २ करोड ७९ लाख ८२ खर्च भएको छ । भने आर्थिक बर्ष २०७९÷८० मा सहकारीले ४९ लाख ३६ हजार नाफा समेत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
    कार्यक्रममा पुनर्वास नगरपालिका–१,२,३ का वडाध्यक्षहरु,विभिन्न साना किसान सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरु,नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धौलराम सार्की लगायतको सहभागिता रहेको थियो ।

    संस्थाका सञ्चालक सदस्य मिरा चन्दको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई शाखा प्रबन्धक चिरमाया तामाङले सञ्चालन गरेकी थिईन ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button