Above Article Ad
  • पुनर्वासमा ऋण मिनाहको माग गर्दै लघुवित्तको विरुद्धमा सदस्य आन्दोलित

    Above Article Content Ad
  • पुनर्वास- कञ्चनपुको दक्षिणी क्षेत्रमा केहि दिन देखि लघुवित्त वित्तिय संस्थाहरुका विरुद्धमा  समूहका सदस्यहरु सडकमा उत्रिएका छन् ।
    सोमबार पुनर्वास नगरपालिका–३, आई.बी.आर.डी. बजारमा चर्को नाराबाजी गर्दै लघुवित्तमा आवद्ध महिलाहरुले नगरपालिकाका नगर प्रमुख र उपप्रमुखुलाई लघुवित्तको चर्को ब्याजदर र उनीहरुको ज्यादतीका विषयलाई लिएर ऋण मिनाह हुनुपर्ने माग राख्दै संघर्ष समितिले ज्ञापनपत्र बुझाएका हुन् ।
    संघर्ष समितिकी केन्द्रिय सदस्य शुकमाया मोक्तानले बेराजगार महिलाहरु घरमा चुलो चौको गर्नुहुन्थ्यो । ती अवस्थाका महिलाहरुलाई हिजोका दिनमा तपाईहरु समूह बनाउनुस, आफ्नो व्यक्तिगत बचत गर्नुस भन्नु भो हामी पनि बसियो । हामीले हाम्रो पैसा बचत गर्दै जाँदा तपाईहरुले जब सम्म ऋण लिनुहुँदैन तब सम्म यो लघुवित्तमा आवद्ध हुँदेन । भनेपछि सुरुमा ४० हजारदेखि ऋण चलाउन सुरु गरेको बताईन । आन्दोलनमा उत्रिएका महिलाहरु १५ लघुवित्त भन्दा बढि समूहमा आवद्ध रहेको संघर्ष समितिकी सदस्य मोक्तानले जानकारी दिईन । लगानी गर्नु अघि कुनैपनि तालिम उपलब्ध नगराएरै कञ्चनपुरमा यी संस्थाहरु हत्तारिएर आएर महिलाहरु माथी ऋण लगानी गरेको उनको भनाई छ । लघुवित्तहरुले तपाईहरुसँग किस्ता माग्न आउँदा आउँदा हामी हैरान भैसक्यौ । बरु तपाई मर्नुस बीमाबाट असुल गर्छौ भन्ने आवाजहरु आउने गरेको सदस्य मोक्तानले आरोप लगाईन ।
    त्यसैगरी बेलडाँडी गाउपालिकाकी कार्यपालिका सदस्य तथा लघुवित्त पिडित सदस्य तारादेवी गिरीले पनि लघुवित्तको चर्को व्याजदरमा लिएको ऋणका कारण कतिपय महिलाहरू आत्महत्या गर्न बाध्य भएको बताईन । सरकारले जबसम्म लघुवित्त पिडितको समस्या समाधान गर्दैन, हाम्रो संघर्षका कार्यक्रम रोकिनेवाला छैन । हामी ऋण पनि तिर्नेवाला छैनौ गिरिले भनिन्,
    लघुवित्त संघर्ष समिति कञ्चनपुरका अध्यक्ष बुजौना चौधरीले लघुवित्तका कारण कञ्चनपुरमा मात्रै २० जना महिलाले आत्महत्या गरेको र १ सय ५० जना परिवार विस्थापित भएको बताउँद सरकारले लघुवित्त पिडितका बिषयलाई गम्भिर रुपमा नलिए हामी निरन्तर आन्दोलनमा हुन्छौ ।
    त्यस्तै लघुवित्तको विरुद्ध आन्दोलनमा सहभागी अधिँकाश महिलाहरु लघुवित्तका समुहहरुमा ऋण लिई कर्जा नतिर्नेहरु बढि देखिएको पुनर्वासकै लघुवित्तका एक शाखा अधिकृतले बताए । “ महिलाहरुलाई कुनै छलकपट गरेर लगानी गरेका छैनौं, समस्या पर्दा उहाँहरुले संस्थाबाट लिएको ऋण तिर्नै पर्ने हुन्छ । महिलाहरुलाई अगाडी सारेर केहि दलको राजनिति गर्ने अभ्यास भएको प्रष्ट देखिएको छ । यसबाट समाधान पक्कै हुदैँन ।” लघुवित्तका शाखा अधिकृतले भने, “वर्षमा ३ सय ६५ दिनको तोकिएको ब्याजदर अनुसार ब्याज लिएका छौ । वास्तविकता भन्दा फरक कुरा गरेर खराब सदस्यहरुले राम्रा सदस्यलाई भ्रममा पारिरहेका छन् ।”
    उक्त विरोध कार्यक्रममा पुनर्वास,बेलौरी,बेलडाँडी र लालझाडीका करिब दुई सय भन्दा बढि महिला र पुरुषहरु सहभागी थिए । नगरपालिकालाई ज्ञापनपत्र बुझाएपछि विरोध कार्यक्रम कोण सभामा परिणत भएको थियो ।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button