Above Article Ad
  • भानु युवा क्लबले उचाल्यो आठौँ लालझाडी कपको उपाधि

    Above Article Content Ad
  • कञ्चनपुर । भानु युवा क्लबले आठौँ लालझाडी कप फुटबल प्रतियोगिता २०८० को ट्रफी उचालेको छ । शनिवार सम्पन्न फाइनल प्रतियोगितामा आयोजक लालझाडी युवा क्लब ११ लाई पेनाल्टी सुट आउटबाट  भानुले ट्रफी उचालेको हो ।

    कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि पुरस्कार रहेको आठौँ लालझाडी कप फुटबल प्रतियोगिताको ट्रफी उचाल्दै भानु युवा क्लबले नगद २ लाख ५० हजार सहित ट्रफी उचालेको हो । यस्तै उपविजेता बनेको आयोजक लालझाडी ११ ले १ लाख २५ हजारमै चित्त बुझायो । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी भानुका सन्तोष सोनी सफल भए । उनले नगद २० हजार सहित सानदार कप प्राप्त गरे ।

    Article inline ad #1
  • प्रतियोगिताको उत्कृष्ट फर्वाड खेलाडी लालझाडीका सुदिप घर्ती,उत्कृष्ट डिफेन्स लालझाडीकै दीपेन्द्र भण्डारी थापा, मिडपिल्डर लालझाडीकै माधव भण्डारी, उत्कृष्ट गोल रक्षक भानुका ललित ताम्राकार, सर्वाधिक गोलकर्ता लालझाडीका आयुष श्रेष्ठ, उदयमान खेलाडी लालझाडीका मनोज खड्का भए । उनीहरूले क्रमशः नगद १० हजार सहित सानदार कप प्राप्त गरे ।

    Article inline ad #2

    निर्धारित समयमा १ / १ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउमा पुगेको हो । पेनाल्टी सुटआउमा भानुले ३ गोल प्रहार गर्न सफल भयो भने आयोजकले १ गोल मात्रै हान्न सक्यो ।  मोहन स्मृति गुरुङ आठौँ लालझाडी कप फुटबल प्रतियोगिताको नाम दिइएको सो प्रतियोगिताकालाई यस वर्ष सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले मुख्य प्रवर्धक रहेर साथ दिएको थियो भने सह प्रवर्धकमा पुनर्वास नगरपालिका १० नम्बर वडा रहेको थियो । यस्तै प्रतियोगितालाई ले साथ दिएको छ । आठौँ लालझाडी कपमा १६ टिमको सहभागिता थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by