Above Article Ad
  • डोकेबजारमा भारतबाट ल्याईएका फुलमाला नष्ट, आई.बी.आर.डी. मा प्लाष्टिकका माला छ्यापछ्याप्ती

    Above Article Content Ad
  • पुनर्वास : कंचनपुरमा भारतबाट ल्याउदै गरेको सयपत्री फुलको माला सशस्त्र प्रहरीले नष्ट गरेको छ।

    बि. ओ. पि . डोकेबजारका सशस्त्र प्रहरी निरीक्षक राजु भण्डारीको कमाण्डमा खटिएको डिउटी टोलिले आईतबार बिहान भारतबाट ल्याउदै गरेको सयपत्री फुलका माला नियन्त्रणमा लिई नष्ट गरेको हो ।

    Article inline ad #1
  • १ सय ४० पिस सयपत्री फुलका माला भन्सार बन्द हुदा नष्ट गर्नु परेको सशस्त्र प्रहरी निरीक्षक राजु भण्डारीले बताउनुभयो । करिब सात हजार मूल्य बराबरको सो फुलका माला वडाअध्यक्ष, स्थानीय, पत्रकार लगायतको रहोबरमा नष्ट गरिएको हो ।

    Article inline ad #2

    तर पुनर्वासकै आई.बी.आर.डी. बजारमा भने जिल्ला प्रशासन कार्यालय कंचनपुरले प्रतिबन्धित गरेको प्लाष्टिकका माला बजारमा सजाएर बेच्न राखिएको छ ।

    प्रशासनले रोक्न आदेश जारी गरे पनि केही व्यपारीले नियमकै पालना गर्नुको साट्टो धज्जी उडाउदै उल्लंघन गरेको देखिन्छ ।

    पछिल्लो समय धनगढी उपमहानगर पालिकाले पलास्टिकका फुलमालामा पुर्ण प्रतिबन्ध लगाएकाले भारतबाट समेत फुलका मालाको चोरी पैठारी बढेको हुनसक्ने सशस्त्र प्रहरीले आशंका गरेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by