Above Article Ad
  • पुनर्वासका मेलामा हुने जुवालाई प्रहरी निरिक्षक भट्टले गरे “खैलाबैला”

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वासमा वर्षेनी बडा दशैपछि रात्रीकालिन समयमा लाग्ने मेलाहरुमा हुने जुवालाई प्रहरीले रोक्न सफल भएको छ ।
    अघिल्ला वर्षहरुमा प्रहरी प्रशासनकै संरक्षणमा मेलाहरुमा हुने लाखौंको जुवालाई खैलाबैला गरी यस वर्ष रोक्न प्रहरी सफल भएको हो ।
    शुक्रबार पुनर्वास नगरपालिका–९,ख–गाउँ र पुनर्वास नगरपालिका–११, अमरबस्तीमा आयोजित रात्रीकालिन चर्तुदशी मेलामा यस वर्ष “लङ्गर बुर्जा” जुवालाई पूर्ण रुपमा रोकेको थियो ।
    पुनर्वास नगरपालिका–५, भानुबस्तीका युवा तेजबहादुर खड्काले परम्परा जोगाउन सञ्चालन हुने पुनर्वासका मेलाहरुमा विकृति बढ्दो अवस्थामा रहेको बताए ।
    चार्डपर्वमा आफ्ना मौलिकता,संस्कृति झल्किने भेषभुषा र रितिरिवाजलाई फोकस गर्नुपर्ने हो तर यहाँ मेला जुवा र मारपिटका लागि हुने गरेको जिकिर गरे ।
    उनले प्रहरी निरिक्षक भट्टको प्रशंसा गर्दै आगामी दिनमा मेलालाई थप व्यवस्थित गरेर लैजान सके पुनर्वास प्रतिको नकारात्मक सोचाईमा समेत प्रभाव पर्ने सुनाए ।
    त्यस्तै ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी निरिक्षक हेमराज भट्टले कानुन संगत हुने कुरालाई आफुबाट संरक्षण हुने अन्य कुरामा कार्वाहीका लागि आफु तयार हुने बताए ।
    यस अघि के भयो, के भएन भन्ने विषय भन्दा पनि कानुनमा उल्लेख भए बमोजिमका कार्यमा अवरोध नगर्न अनुरोध गर्दै कानुनलाई सबैले मान्नुपर्ने उनको भनाई छ ।
    “आफ्नो आग्रहलाई स्विकार गर्दै मेला आयोजक समितिले पनि जुवा खेल रोक्नका लागि सकारात्मक भुमिका खेलेको हो ।” प्रहरी निरिक्षक भट्टले भने, “ प्रहरीका लागि रोक्ने हैन,कानुनलाई मिच्ने खालका गतिबिधिलाई मेला आयोजकले रोक्नैपर्ने हुन्छ ।”
    जुवाले विभिन्न किसिमका अपाराधिक गतिविधि मात्रै हैन, चोरी–डकैती लगायतका गतिविधिलाई समेत सक्रिय बनाउछ । प्रहरी निरिक्षक भट्टले भने,

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button