पुनर्वास-१० मतगणना अपडेट : ९ सय मत गन्दा मेयरमा शर्मा र अध्यक्षमा भट्टको अग्रता
हरिलाल जोशी
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिकामा मंगलबार राती १० बजेदेखि पुनर्वास नगरपालिका-१०, बिजय माध्यमिक विद्यालयको मतदान केन्द्रमा भएको मतदानको मतगणना भईरहेको छ ।
मतगणनामा ९ सय मत गणना गर्दा नगर प्रमुखमा नेपाली काङ्ग्रेसका तोया प्रसाद शर्माले २ सय ८० मत ल्याई अग्रता लिएका छन् ।भने उनका निकटतम प्रतिद्वोन्दी गठबन्धन दलबाट एकीकृत समाजवादीका जिवनराज थापाले २ सय ९ मत र नेकपा एमालेका पदम पुजाराले १ सय ६७ मत प्राप्त गरे ।
त्यस्तै उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका धोखे रानाले २ सय ७४ मत ल्याएका छन् । भने उनका निकटतम प्रतिद्वोन्दी नेपाली काङ्ग्रेसबाट भुलिया रानाले २ सय ७० मत र नेकपा एमालेबाट सुशीला खत्रीले १ सय ३९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी वडाध्यक्षमा नेपाली काङ्ग्रेसबाट धिरेन्द्र भट्टले ३ सय २४ मत प्राप्त गरेका छन् । भने गठबन्धनबाट माओवादीका सुकदेव रानाले ३ सय २१ मत र राप्रपाबाट रतन मल्लले १ सय २० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय पुनर्वासले जनाएको छ ।
अहिले सम्मकै नतिजा अनुसार वडा सदस्यहरुमा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिदै आएका छन् ।
फर्जी मतदाताले मतदान गरेको भन्दै स्थगित चुनाव मंगलबार साझ ५ बजेसम्म सञ्चालन भएको थियो । निर्वाचन अधिकृत किरण जोशीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले वडा-१० बाट मतगणना सुरु गर्ने निर्णय गरेको र अहिले पुनर्वास नगरपालिकाको सभाहलमा मतगणना भइरहेको छ ।