Above Article Ad
  • प्रदेशसभा सदस्यलाई दुई दिने क्षमता सुदृढीकरण सहयोग तालिम सम्पन्न

    Above Article Content Ad
  • धनगढी, ३ कात्तिक । कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सभाका महिला तथा सिमान्तकृत समूदायका प्रदेशसभा सदस्यलाई दुई दिने क्षमता सुदृढीकरण सहयोग तालिम कार्यक्रम सम्पन्न भएको छ ।
    कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभाका पूर्व सभामुख अर्जुनबहादुुर थापाले फाया नेपाल र युएनडीपिको सहकार्यमा सम्पन्न सो तालिमले प्रदेशसभामा नवप्रवेशी प्रदेशसभा सदस्यलाई अनुभव आदानप्रदान गर्न सहज बनाएको बताए ।
    उनले तालिम समय सान्दर्भिक हुनाका साथै सदनमा हुने सबैखाले क्रियाकलापबारे प्रदेशसभा सदस्यले जानकारी पाएर जिम्मेवार ढंगले सदनमा प्रस्तुत हुनुपर्ने बताए ।
    पूर्वसभामुख थापाले राजनीति र संसद सदन फरक भएको भन्दै दुईदिने सहयोग तालिमले प्रदेशसभा सदस्यलाई धेरै अध्ययनशिल र जिम्मेवार बनाएको धारणा व्यक्त गरे ।
    तालिम समापन कार्यक्रममा बोल्दै बर्तमान उपसभामुख कोइलीदेवी चौधरीले तालिमले संसदका गतिविधिबारे सबैकुराको जानकारी दिएको बताइन् ।
    कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य वीरमान चौधरी, पूर्णा जोशी, रतन थापा, श्यामलाल राना लगायतले तालिममा सिकेका सबै कुरालाई अंगिकार गर्दै जनताका बास्तविक आवाजलाई ध्यानमा राखेर सदनमा सवाल उठाइनुपर्ने धारणा व्यक्त गरेका थिए ।
    फाया नेपाल र युएनडीपिको सहकार्यमा सम्पन्न भएको सो तालिमको सहजिकरण डा. बिन्द्रा पाण्डेय र नेपाल सरकारका पूर्वसचिव गोपालनाथ योगीले गरेका थिए । फाया नेपाल र युएनडीपिको सहकार्यमा तीन महिनासम्म सञ्चालन भएको जनाइएको छ ।
    तालिममा सहभागी प्रदेशसभा सदस्यहरुले संसद गतिविधिबारे आफू जानकार मात्र नभएर जनताका आवाजबारे सचेत भएको बताउँदै पुनः यस्ता पुनराबृत्ति हुने खालका कार्यक्रम सञ्चालन गुर्नुपर्ने सुझाएका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button