Above Article Ad
  • पुनर्वासको बिचफाँटामा सडक क्षेत्राधिकार खाली गराउन चल्यो डोजर !

    Above Article Content Ad
  • पुनर्वास – कञ्चनपुरको दक्षिणीक्षेत्र पुनर्वास नगरपालिका वडा नं. ९ बिचफाटामा सड्क दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा सचेतना अन्तर्गत सडक क्षेत्राधिकार प्रयोग गर्दै साप्ताहिक सडक सरसफाई अभियान सञ्चालन गरेको छ ।

    पछिल्ला केही वर्षयता सडक दुर्घटनाका घटनाको तथ्यांक बढ्दो रहेकाले यसले गर्ने क्षति, अकाल मृत्युबाट जीवन जोगाउन स्वयम् सचेत हुनुपर्छ भन्ने उद्देश्य राखेर सडक सुधार तथा दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम अन्तर्गत साप्ताहिक सडक सरसफाई कार्यक्रम सञ्चालन गरेको हो ।

    Article inline ad #1
  • सो अभियानलाई स्थानीयहरुले पनि सकारात्मक रुपमा लिएका छन् । यातायातका साधनबाट एक स्थानदेखि अर्को स्थानसम्म पुग्न प्रयोग गरिने माध्यम सडक हो । सडक प्रयोग गर्ने अधिकार मात्र होइन यसको संरक्षण र सम्बर्द्धन गर्नु हामी सबै नागरिकको कर्तव्य पनि हो । हामीले वडा भित्रका सडकको दायाँबायाँ रहेका सडक अतिक्रमण गरी लगाएका बोटबिरुवा र बनाएका घरका पर्खाल एवं टहरा हटाउन सहयोग गर्नुपर्ने उनीहरूको भनाई छ । तर केही व्यक्तिहरुले भने आफनो घर अगाडिको बोट बिरुवा र टहराहरु भत्किएकोमा खिन्नता ब्यक्त समेत गरिरहेका थिए ।

    Article inline ad #2

    स्थानिय स्तरबाट वडामा रहेको मुल सडकमा सडकको क्षेत्रधिकार प्रयोग गरी भैपरी आउने सड्क दुर्घटनाको न्यूनीकरण गर्न थालिएको कार्य एकदमै सर्हानिय कार्य भएको स्थानिय दिलबहादुर बोहराले बताए।

    यस अघिनै पटक–पटक घर टहरा भत्काउन सूचना जारी गरे पनि नहटाउनेको वडाले डोजर लगाएर भत्काउन शुरु गरेको पुनर्वास नगरपालिका-९ का वडाध्यक्ष नरबहादुर बि.क.ले जानकारी दिए ।

    भबिष्यमा उक्त सडकको दायाँबायाँ बिभिन्न एकैनासका बोट बिरुवा लगाई सडकको सौर्न्दयता बढाउन बृक्षरोपण गरि पर्यटक भित्र्याउने लक्ष्य रहेको बडाध्यक्ष बिकले बताए ।

    अहिले पुनर्वास नगरपालिका ९ बिचफाटाको गिरी चोकबाट पश्चिम मुल सडक क्षेत्रधिकार भित्र पर्ने १२ मिटरको चौडाईमा दायाँबायाँ रहेका सडक अतिक्रमण गरी बनाएका घरका पर्खाल एवं टहरा हटाउन शुरु गरिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button