Above Article Ad
  • पुनर्वासमा जातीय राजनीतिको अन्तय सपना कि दिवासपना 

    Above Article Content Ad
  • पुनर्वास -कंचनपुरको  पुनर्वास नगरपालिकामा जातीय राजनीति उल्लेखनीय ढंगले हावी छ, यद्यपि प्रत्यक्ष रूपमा देखिँदैन। यो उम्मेदवार छनोट, मतदान प्रवृत्ति, र राजनीतिक ध्रुवीकरण मा अप्रत्यक्ष रूपमा बलियो असर पारिरहेको छ।

    # राना थारू समुदायको भूमिका
    राना थारू समुदाय पुनर्वासको स्थानीय जातीय समूह हो।
    यो समुदाय बाट राजनीति गर्ने हरुले आफ्नो पहिचान र अधिकारको मुद्दा  उठाएको नाउमा राजनीति गरिरहेका छ्न।
    यो समुदाय का उम्मेदवारहरूलाई यो समुदाय का वस्तीमा बढी समर्थन मिल्ने देखिन्छ।

    Article inline ad #1
  • #पहाडी आप्रवासी (ब्राह्मण, क्षेत्री, जनजाति)
    २०२० सालपछि विभिन्न कारणले पहाडी क्षेत्रबाट पुनर्वासमा बसाइँसराइ गरेका समुदायहरू अहिले राजनीतिक नेतृत्वमा हावी छन्।
    यो समुदाय बाट राजनीति गर्ने हरुले जातीय परिचय का आधारमा आफ्नो समुदाय बाट प्रतिनिधित्व गर्ने उमेदवार हरुलाइ सघाउदै आएको देख्न सक्किन्छ।

    Article inline ad #2

    ३. दलित र अन्य सीमान्तकृत समुदाय

    दलित समुदायको राजनीतिक उपस्थिति बढ्दै छ, तर अझै पनि निर्णायक भूमिकामा पुग्न कठिनाइ छ।
    दलित समुदाय बाट राजनीति गर्ने राजनीतिज्ञ हरुले जातका आधारमा आफ्नो समुदाय पछी परेको र आफु हरु माथि जातिय दमन भैरहेको भन्ने भावना लाई आफ्नो समुदाय मा जोडतोड्ले स्थापित गरेको देख्न सक्किन्छ। यो समुदाय बाट प्रतिनिधित्व गर्ने उमेदवार लाई यो समुदायले सघाइ रहेको देख्न सक्किन्छ। जसका कारण उनिहरुलाइ नेतृत्व मा पुगन सहज भएको छ।
    जातीय राजनीति प्रत्यक्ष होइन, “सामाजिक समीकरण” का रूपमा छ।
    पुनर्वासमा खुल्ला रूपमा जातीय राजनीति गरिँदैन, तर भोट माग्ने बेलामा जातीय पहिचान, भेगिय पहिचान, समुदाय को भावनालाई सक्रिय रूपमा प्रयोग गरिन्छ।
    उदाहरण मा जस्तै“हाम्रो जातको उम्मेदवार”, “हाम्रो बोल्ने भासा”हाम्रो समुदायका लागि लड्ने उमेदवार ,हाम्रो पहिचान इत्यादि ।
    यि सबैका कारण पुनर्वास मा जातीय राजनीति को अन्त्य गरि कुसल सक्षम नेतृत्व स्थापित गर्नु सपना मात्र होईन दिवा सपना भएको छ।
    तर पछिल्लो समय जेनजिन पुस्ता (नयाँ युवा पुस्ता) मा जोडतोड का साथ परिवर्तनको भावना देखेन सक्किन्छ। जसले गर्दा हामीमा आसा का किरण पलाइरहेको छ।
    म स्वयम जातीय राजनीति को अन्तय गरि पुनर्वास मा कुसल नेतृत्व ल्याउने अभियान मा सक्रियता का साथ लागिरहेको छ।
    दिवासपना लाई साकार गर्ने हाम्रो सामाजिक संजाल को अभियानमा सयौं युवा हरु जोडिने क्रम जारि छ।
    पुनर्वास को जातीय राजनीतिमा युवा शक्तिहरुले हस्तक्षेप गर्न खोजनु नै परिवर्तन को सम्भावना हो।
    हामि निरन्तर यस अभियानमा लागिरहेको छौ । हाम्रो दिवासपना एक ना एकदिन साकार हुनेमा हामि बिश्वस्त छौ ।

    परिवर्तनकालागियुवा
    पुनर्वास
    यादव सिंह

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6