पुनर्वास सहकारीको ३१ औं वार्षिक साधारणसभा सम्पन्न, भरतबहादुर बिष्ट सर्वसम्मत
पुनर्वास–“सहकारीको दिगोपन, स्वनियम र सुशासन” भन्ने मुल नारा सहित पुनर्वास कै अग्रणी संस्था पुनर्वास सहकारी संस्था लिमिटेडको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न साधारणसभाले भरत बहादुर बिष्टको अध्यक्षताम ११ सदस्यीय नयाँ कार्यसमिति र ३ जना लेखा समिति सर्वसम्मत चयन गरेको हो ।
नव गठित समितिको उपाध्यक्षमा राजु श्रेष्ठ (राजन), जिल्ला प्रतिनिधिमा निवर्तमान अध्यक्ष परशुराम बिश्वकर्मा र समितिको सदस्यहरूमा भोला कुमार श्रेष्ठ , योस्याङ तामाङ , गममाया तामाङ , खगेन्द्र ओझा , राजेन्द्र सिंह धामी, विरबहादुर बोगटी, जयबहादुर बोहरा र बबिता श्रेष्ठ सर्वसम्मत चयन भएका छन । त्यसैगरी लेखा समितिको संयोजकमा रामचन्द्र भट्टराई , सदस्यमा देवी भट्ट र राजेश गुरूङलाई चयन गरिएको थियो ।
संस्थाका अध्यक्ष परशुराम बिश्वकर्माको सभापतित्वमा तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको आतिथ्यता रहेको थियो । भने बिशिष्ट अतिथिमा निवर्तमान मेयर जीवनराज थापा , निवर्तमान उप मेयर शारदा बिष्ट रहेकी थिईन । त्यस्तै, कार्यक्रमको अतिथिहरूमा पुनर्वास नगरपालिका सहकारी बिभाग अधिकृत धौलराम सार्की, पुनर्वास उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझी, रेडक्रस पुनर्वास उपशाखा सभापति कृष्णबहादुर तामाङ, विभिन्न वडाका अध्यक्ष तथा सदस्य , विभिन्न सहकारीका अध्यक्ष तथा सञ्चालक सदस्य लगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथीको आसनबाट बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले सहकारीको उन्नती प्रगतीको शुभकामना व्यक्त गर्दै सो सहकारी क्षेत्र भित्र निर्माणाधीन चिस्यान केन्द्रले पुनर्वासका अधिकाँस किसानको जिवनस्तरमा निकै सुधार हुने आशा पलाएको बताए ।
किसानले उत्पादन गरेका तरकारी तथा फलफूलहरू चिस्यान केन्द्रमा स्टोर गरि उचित मुल्यमा बिक्रीवितरण र उपभोग गर्न पाउने नगर प्रमुख शर्माको भनाई थियो ।
त्यसैगरी, निवर्तमान नगर प्रमुख जिवनराज थापाले विभिन्न आरोह अवरोह पार गर्दै पुनर्वास सहकारी ३१ औं बर्ष पार गर्दै गर्दा संस्थाले धेरै नै प्रगति गर्न सफल भएकोमा शुभकामना व्यक्त गरेका थिए ।
निर्वतमान उपप्रमुख शारदा बिष्टले कृषकसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले पनि अरु सहकारी भन्दा यस सहकारीको लोकप्रियता छुट्टै भएको बताईन ।
नयाँ कार्यसमितिले संस्थालाई अझ बलियो र पारदर्शी बनाउन महत्वपूर्ण भुमिका खेल्ने कुरामा आफु विश्वस्त रहेको सुनाईन ।
नवनिर्वाचित समितिका अध्यक्ष भरतबहादुर बिष्टले संस्थामा आईपर्ने हरेक चुनौतीको सामना गर्दै संस्थालाई नमुना सहकारीको रूपमा अघि बढाउने प्रतिबद्धता जाहेर गरे ।
पुनर्वास क्षेत्रको बस्ती बसोबाससँगै तत्कालिन पुनर्वास कम्पनी, योजना कार्यालयको पहल र स्थानियको सहभागितामा तत्कालिन साझा ऐन अनुसार वि.सं. २०३३ असोज २६ गते जिल्ला कार्यालय, सहकारी शाखा, कञ्चनपुरमा दर्ता भई सुदूरपश्चिम प्रदेशकै अग्रणी तथा पुरानो सहकारीको रुपमा चिनिन्छ । संस्थाले पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिका–१ मा आफ्नो कार्यक्षेत्र स्थापित गरिएको कुरा अध्यक्षबाट प्रस्तुत संस्थागत प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक एक कुमार श्रेष्ठले आर्थिक बर्ष ०८०÷८१ को कुल ८ करोड ६६ लाख ४३ हजार पाँच सय बराबरको बार्षिक आयव्यय प्रस्तुत गरिएको थियो । भने आगामी आर्थिक बर्षका लागि अनुमानित रकम ९ करोड सन्तानब्बे लाख छयालीस हजार बराबरको आयव्यय प्रस्तुत गरेका थिए । त्यस्तै, लेखा संयोजक रामचन्द्र भट्टराईले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
४ सय ६२ शेयर सदस्य रहेको सहकारीमा आवधिक बचत कारोबार, दैनिक ऋण कारोबार, दैनिक बचत कारोबार, गुणस्तरीय एवं बढी परिणाममा दूध बिक्री कारोबार तथा नियमित दुध बिक्री कारोबारमा सर्वोत्कृष्ट योगदान पु¥याउने ८ जना शेयर सदस्यलाई कदर पत्र सहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।
संस्थाकी उपाध्यक्ष मेनुका उप्रेतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन व्यवस्थापक एक कुमार श्रेष्ठले गरेका थिए ।