लालझाडी युवा क्लब ११ द्वारा फुटबल प्रशिक्षण कार्यक्रम सुरू
Above Article Content Ad
पुनर्वास । लालझाडी युवा क्लब ११ ले कञ्चनपुरको पुनर्वासमा फुटबल प्रशिक्षण कार्यक्रम सुरू गरेको छ । भदौ १ गतेदेखि क्लबको मैदानमा प्रशिक्षण कार्यक्रम सुरू गरिएको क्लबका अध्यक्ष काशीराम बोहराले बताए ।
उनका अनुसार गाउँघरमा खेलाडी उत्पादन गर्ने उदेश्यले क्लबले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको बताए । फुटबल प्रशिक्षण कार्यक्रममा प्रशिक्षक हिमाल मल्ल छन् ।
प्रशिक्षण कार्यक्रममा साविक बाईसि विचवा भित्रका १२ वर्ष माथिका खेलाडीहरूले सहभागी जनाउन पाउनेछन् ।
Article inline ad #1
सो प्रशिक्षण कार्यक्रम मार्फत आठौं लालझाडी कप फुटबल प्रतियोगिता २०८० का लागि लालझाडी ११ को टिम निर्माण गरिने क्लबले जनाएको छ । प्रशिक्षणमा कुनै शुल्क लाग्ने छैन । प्रशिक्षण हरेक दिन साँझ ४ बजेदेखि ६ बजेसम्म रहनेछ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad