Above Article Ad
  • बेलौरीको न्यू लक्ष्मी ईट्टा उधोगबाट ईट्टा खरिद गर्ने ग्राहकलाई कुमारी बैंकको १० प्रतिशत छुट

    Above Article Content Ad
  • बेलौरी– कञ्चनपुरको बेलौरी नगरपालिका–६ मा अवस्थित न्यू लक्ष्मी ईट्टा उधोगबाट ईट्टा खरिद गर्ने ग्राहकलाई कुमारी बैकं लिमिटेड शाखा बेलौरीले छुट दिने भएको छ ।

    कुमारी बैकं लिमिटेड शाखा बेलौरीले आफ्ना ग्राहकलाई ईट्टा खरिदमा १० प्रतिशत छुट दिने बुधबार न्यू लक्ष्मी ईट्टा उधोगका सञ्चालक सुरज श्रेष्ठसँग सम्झौता गरेको हो ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • ईट्टा खरिदमा छुट पाउन कुमारी बैंकमा खाता भएको वा नयाँ खाता खोलेर डेबिट क्रेडिट कार्ड तथा मोबाईल स्मार्ट सुबिधा लिई सो मार्फत भुक्तानी गर्नुपर्ने बैंकका शाखा प्रबन्धक सुरेन्द्र बहादुर चन्दले जानकारी दिए ।

    Article inline ad #2
  • त्यसैगरी बैकंका कर्जा म्यानेजर निरज चटौतले कुमारी बैंक लिमिटेड आफ्नो स्थापनाकाल देखि नै सेवागा्रहीको मागलाई ध्यानमा राख्दै नविन योजनाहरु ल्याउँदै आएको र हाल निश्चित ब्याजदरमा आकर्षक घर कर्जाको सुविधा ल्याएको बताए ।

    “सेवाग्राहीले ११ दशमलब ७९ प्रतिशत निश्चित ब्याजदरमा घर कर्जाको सविधा उपयोग गर्न सक्नेछन् ।”कर्जा म्यानेजर चटौतले भने, “सो योजनामा पहिलो ७ वर्षसम्म ब्याजदर निश्चित हुन्छ । ऋण प्राप्त गरेपश्चात ग्राहकले रकमलाई नयाँ घर÷अपार्टमेन्ट खरिद गर्न र घर निर्माण तथा अन्य थप निर्माण कार्यमा प्रयोग गर्न सक्छन् ।”

    देशैभर ३ सय ४ शाखा, ३ सय ७ एटिएम, ४९ वटा बिस्तारित काउण्टर तथा ६३ शाखारहित बैंकिङ सेवा केन्द्र मार्फत कुमारी बैंकले बैंकिङ सेवा दिईरहेको छ ।

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button