रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सद्वारा मृत्युु दाबी भुक्तानी
पुनर्वास – कंचनपुरको पुनर्वासमा रहेको रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सद्वारा मृत्युु दाबी भुक्तानी गरेको छ ।
पुनर्वास नगरपालिका-८, खड्डाका राममुर्ती रानाको मृत्यु भएपछि उनका परिवारलाई आइतबार एक कार्यक्रमका बीच रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडले मृत्युु दाबी भुक्तानी गरेको हो ।
स्वर्गीय रानाले २०७७ चैत २२ गते २० लाखको बीमा जारी गरेकोमा रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडले उनको परिवारलाई २० लाख ८० हजार रुपैयाँ हस्तान्तरण गरेको थियो ।
ईन्स्योरेन्सका पुनर्वास शाखा प्रमुख शंकर जैसीको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुनर्वास-८ र ९ का वडासदस्य, रिलायबलका सुदुरपश्चिम प्रदेश प्रमुख चन्द्रबहादुर बिष्ट लगायतका व्यक्तिहरु अतिथीमा आसिन थिए ।
कार्यक्रममा पुर्नवास नगरपालिकाका नगर प्रमुख तोयाप्रसाद शर्माले मृतक राममुर्ती रानाकी श्रीमती अनुखा रानालाई चेक प्रदानगर्दै यो रकमको सदुपयोग गर्नुहोला, समस्या समाधान पुरै हुन नसकेपनि धेरै राहत मिल्ने बताए ।
बीमा कम्पनी प्रति गरिने अविश्वासलाई रिलायबल ईन्स्योरेन्सले टुटाएर बीमाले लिने मात्रै हैन, दिने पनि रैछ भन्ने कुरालाई यथार्थ साबित गरेको पुनर्वास शाखा प्रमुख जैसीले जानकारी दिए ।
बीमाको महत्व बारे प्रकाश पार्दै यसअघि कञ्चनपुरमै नेपालको ठुलो रकम ४ करोडको मृत्युदावी पनि प्रदान गरिसकेका छौ । जोखिम र बचतका लागि जीवन बीमा गर्नुपर्ने उपस्थित माझ रिलायबलका सुदुरपश्चिम प्रदेश प्रमुख बिष्टले बताए ।