Above Article Ad
  • को हुन पत्रकार भनेर चिनिने बहुआयामिक व्यक्तित्व रञ्जित लामा ?

    Above Article Content Ad
  • धनगढी/ साउन ६।
    एकै व्यक्तिमा थुप्रै क्षमता विरलै व्यक्तिमा पाईन्छ । हुन त रहर र रुचि थुप्रै भएपनी सबै मान्छेलाई समय र भाग्यले साथ दिदैन । अन्ततः मान्छे समयसंग सम्झौता गर्दै आफुमा अन्तर्निहित क्षमता र रहरलाई तिलाञ्जली दिन बाध्य हुन्छ । यी त भए आम मान्छेको कुरा । तर आम मान्छे भन्दा पृथक छ्न रञ्जित लामा ।
    मुख्य पेशा पत्रकारीतामा गरीरहेका लामा हेल्लो पुनर्वास पत्रिकाका प्रकाशक तथा सम्पादक हुन । दस बर्ष लामो शारीरिक सुगठन प्रशिक्षणको अनुभव बटुलेका सुगठित शरीरका धनी रञ्जित लामा सुदुरपश्चिममा नौलो नाम होईन ।

    फरक फरक कोणबाट हेर्दा फरक देखिने र जो कोहिलाई अचम्भित पार्न सक्ने व्यक्तिको रुपमा चर्चा कमाएका रञ्जित लामा पछिल्लो समय मोडलिङ तर्फ भाग्य अजमाउँदै छ्न । दस बर्ष लामो शारीरिक सुगठनको अनुभव बटुलेका लामा शारीरिक सुगठनका प्रशिक्षक, नुट्रीसन एक्सपर्ट हुन ।

    Article inline ad #1
  • सुदुरपश्चिम प्रदेशमा पहिलो चोटी शारीरिक सुगठनको ज्ञान बाँडन युटुबमा फिटनेस मोडल रन्जित लामा नाम गरेको युटुब च्यानल खोलेर चर्चा कमाउन सफल लामाको परिचय यत्तिमै टुङ्गिदैन । उनी सफल उदघोषक, नृत्यकार, मोडल र व्यवसायिक पेन्टर पनि हुन । लामा फुटबलका राम्रा खेलाडी हुन भने व्यावसायिक पत्रकारको रुपमा उनको अलग्गै पहिचान छ ।

    Article inline ad #2

    तर यतिमा मात्र लामालाई सिमित गरेर हेर्नुहुन्छ भने तपाईंले गल्ती गर्नुहुन्छ, उनी सफल साहित्यकार पनि हुन । साहित्यको क्षेत्रमा उनलाई “रागी लामा” को उपनामले चिनिन्छ । उनका दुईवटा गजल संग्रहहरु प्रकाशन भैसकेका छ्न भने हजारौंको संख्यामा विभिन्न राष्ट्रिय र स्थानीय पत्रपत्रिकामा गित, गजल प्रकाशन भैसकेका छ्न ।

    उनै रञ्जित लामाले पछिल्लो समय यामाहा ब्राण्डको मोटरसाइकलका लागि मोडलिङ गरेका छ्न । फरक शैलीको हेयर स्टाईल र फरक ड्रेस अपले भिडियोमा लामा कुनै हलिउड एक्टर भन्दा कम देखिएका छैनन । स्टाईलिस लुक्स र सुगठित शरीरको कारण युवायुवती माझ लोकप्रिय भैसकेका लामाको टिकटकमा हजारौं फलोअर छ्न । मेहनतलाई भगवान ठान्ने लामा अरु क्षेत्रमा झै मोडलिङ क्षेत्रमा पनी सफल हुनेमा ढुक्क छ्न ।  यसरी लामो समयदेखि पत्रकारीता लगायत विभिन्न क्षेत्रमा काम गरीरहेका लामाले विगत तीन वर्षदेखि प्रोफेसनल फिटनेस ट्रेनरका रुपमा फारवेष्ट फिटनेसमा  कार्यरत रहेका छ्न । त्यसैगरी धनगढीकै राजपुर चोकमा यहि साउन १ बाट “फिटनेसवाला” नामक व्यायामशालाको प्रमोसनका लागि एक भिडियोमा फिटनेस एक्टरको रुपमा अभिनय गरेका छन । र सोही व्यायामशालामा पर्सनल ट्रेनरका रुपमा समेत कार्यरत छन ।   सो भिडियोलाई नील बिष्टले खिचेका हुन भने निका कृयशनले एडिट गरेको हो । भिडियो रञ्जित लामा नामक युटुब च्यानलमा हेर्न सकिन्छ ।

                                            भिडियो हेर्नुस् !

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by