Above Article Ad
  • सुदूरपश्चिम स्तरीय युवा यू–१९ खेलाडी छनौट सुरु

    Above Article Content Ad
  • कञ्चनपुर । सुदूरपश्चिम प्रदेश स्तरीय युवा यू–१९ खेलाडी छनौट सुरु भएको छ । पुनर्वास नगरपालिका १० विकास–भीमबस्ती अवस्थित लालझाडी युवा क्लब –११ को खेलमैदानमा सुरु भएको खेलाडी छनौट कार्यक्रमको शक्रबार एक कार्यक्रमका बिच पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले उद्घाटन गरेका हुन् ।

    दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को कार्यक्रम अनुसार २०८० असोज ४ देखि १३ गते सम्म नेपालको काठमाडौँमा आयोजना हुने साफ यू–१९ च्याम्पियनसिप २०२३ मा नेपाली राष्ट्रिय युवा (यु–१९) फुटबल टिम सहभागीताका लागि सुदूरपश्चिम प्रदेश स्तरीय युवा यू–१९ खेलाडी छनौट कार्यक्रम सुरु भएको हो ।
    सुदूरपश्चिम प्रदेश फुटबल सङ्घको आयोजनामा भएको प्रदेश स्तरीय युवा यू–१९ खेलाडी छनौट २० शनिवार सम्म सञ्चालन हुने सुदूरपश्चिम प्रदेश फुटबल सङ्घका महासचिव काशीराम बोहराले जानकारी दिए ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • खेलाडी छनौट कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख शर्माले यो क्षेत्रलाई प्रदेश स्तरीय युवा यू–१९ खेलाडी छनौट कार्यक्रम रोजिदिएकोमा आयोजकलाई धन्यावाद दिए । सो कार्यक्रमले यहाँ पनि खेलाडी छन् भन्ने आभास दिलाएको बताउँदै छनोट प्रक्रियामा छनोट समितिले निष्पक्ष रुपमा छनोट गर्नेमा आफू विश्वस्त रहेकोले खेलाडीले अनुशासन,आदर्श,गतिशीलतामा ध्यान दिएर आफ्नो प्रतिभा देखाउन खेलाडीहरूलाई आग्रह गरे ।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button