Above Article Ad
  • पुनर्वासका सामुदायिक विद्यालयका ३४ शिक्षकलाई ल्यापटप हस्तान्तरण

    Above Article Content Ad
  • पुनर्वास । कञचनपुरको पुनर्वास नगरपालिकाले एक शिक्षक, एक ल्यापटप अवधारण अगाडि ल्याएको छ । नगरपालिकाले ‘एक शिक्षक : एक ल्यापटप’ कार्यक्रम अन्तर्गत आज ल्यापटप बितरण गरिएको हो।

    शैक्षिक पठनपाठन अव प्रविधिमैत्री हुनुपर्नेमा जोड दिदैँ सामुदायिक विद्यालयका शिक्षकहरुको ५० प्रतिशत तथा पुनर्वास नगरपालिकाको ५० प्रतिशत साझेदारी लागतमा ल्याप्टप खरिद गरिएको नगर शिक्षा शाखा प्रमुख शिवराज भट्टले जानकारी दिए ।

    Article inline ad #1
  • पुनर्वास नगरपालिका शिक्षा शाखाले जानकारी दिए अनुसार १२ लाख नगर र १२ लाख शिक्षक लागत गरि २४ लाखको ईबिट मार्फत अनुमानित ७० हजार दररेटमा ३४ ल्यापटप खरिद बोलपत्र आव्हान गरिएको थियो। उक्त ईबिट मा १० फर्मले ईबिट गरेका थिए। ईबिट मार्फत ११ प्रतिशत न्यून दररेटमा धनगढी स्थित गडीतोला कम्प्युटर ट्रेडर्स सग नगरले समझौता गरि २१ लाख ५५हजार ३ सय ६२ रूपैयाँ मा ल्यापटप खरिद ,गरिएको थियो।

    Article inline ad #2

    उक्त ल्यापटप आज पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ज्यूको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बिच नगर शिक्षा शाखा पुनर्वासले सामुदायिक विद्यालयका ३४ जना शिक्षक हरूलाई बितरण गरिएको छ।

    पुनर्वास नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरुलाई प्रविधिमैत्री बनाउनका लागि एक शिक्षक एक ल्यापटप अवधारणा अगाडि ल्याइएको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले बताए । नगर प्रमुख शर्माले यो कार्यक्रमले सामुदायिक विद्यालय पनि निजी विद्यालयसँग प्रतिप्रर्धा गर्न सक्ने हुने र शिक्षकहरु प्रविधिमैत्री भएपछि विद्यार्थीहरु पनि प्रविधि मैत्री हुने भएकोले यस्तो कार्यक्रम ल्याइएको बताए ।

    वितरण कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका मेयर तोय प्रसाद शर्माले शिक्षा क्षेत्रको वृद्धिका लागी नगरपालिका लागि परेको बताए ।चालु आर्थिक वर्षमा पनि कुल बजेटको एक तृतियाशं बजेट शिक्षामा लगानी गरेको बताउदै अवको शिक्षा प्रविधिमैत्री हुनुपर्नेमाा मेयर शर्माको भनाई रहेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by