Above Article Ad
  • लालझाडी मोहना वन संरक्षण क्षेत्रसंग सरोकार राख्ने सरोकारवालाहरु संग छलफल तथा अनुगमन

    Above Article Content Ad
  • कञ्चनपुरको पुनर्वासमा लालझाडी मोहना वन संरक्षण क्षेत्रसंग सरोकार राख्ने समुदाय तथा सामदायीक वनका उपभोक्ता समुहका पदाधिकारीहरु संग छलफल तथा अनुगमन निरीक्षण गरीएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरको आयोजना र कुण्डा सबडिभिजन वन कार्यालय पचकडीयाको संयोजनमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा जैबिक करीडोर र वन संरक्षणका विषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाको उपप्रमुख भुलीया कुमारी रानाले वन संरक्षणमा सबैले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । वनमा हुन सक्ने अपराधिक गतीविधी लगायत काठ दाउराको चोरी तस्करी, रोक्न सामुदायीक वनका प्रतिनिधीहरु चनाखो बन्नु पर्ने उहाँ बताउनुुहुन्छ ।यस्तै कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वन अधिकृत भिम प्रसाद कडेलले स्थानीय स्तरमा उठेका सवालहरुलाई आफुले गर्नसक्ने सम्म गर्ने बताउनुभयो । वन क्षेत्र सवैको साझाँ सम्पती भएकाले पनी वन संरक्षण गर्न समुदाय नै जागरुक बन्नु पर्नेमा उहाले जोड दिनुभयो ।यस्तै लालझाडी मोहना वन संरक्षण समितीका अध्यक्ष राज बहादुर ऐरले पछिल्लो समय लालझाडी जैविक करीडोरको विषय उठेको र जनताको मनमा कौतहलता बनाएको बताउनुभयो । यदी जैविक करीडोर खोल्ने नै हो भने कहाँबाट खोल्ने यकिन गर्न पनी उहाँले वन कार्यालउलाई आग्रह गर्नुभयो । त्यस्तै लालझाडी मोहना वन संरक्षण समितीको बिदान नबन्दा काम गर्न असहज भैरहेको उहाँले बताउनुभयो ।कार्यक्रममा सामुदायीक वनका प्रतिनिधि, स्थानीय, वनका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन कुण्डा सबडिभिजन वन कार्यालय पचकडीयाका प्रमुख बन अधिकृत दिनेश कुमार यादबले गर्नु भएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button