Above Article Ad
  • कैलालीमा बाघको छालासहित दुई जना पक्राउ

    Above Article Content Ad
  • धनगढी । कैलालीमा बाघको छालासहित दुई जना पक्राउ परेका छन् । बिहीबार जिल्लाको गोदावरी नगरपालिका–२ रिङरोडबाट बाघको छालासहित दुुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका–२ का ६५ वर्षीय देवसिंह बिष्ट र पाटन नगरपालिका–८ का ३० वर्षका हर्क बहादुर बिष्ट रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गणेश बरालले जानकारी दिए ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • डीएसपी बरालकाअनुसार उनीहरुको साथबाट ६ फिट ११ इन्च लम्बाइ र २ फिट ४ इन्च चौडाइको बाघको छाला बरामद गरिएको हो । विशेष सूचनाका आधारमा संघीय प्रहरी इकाइ कार्यालय महेन्द्रनगर र इप्रका मालाखेतीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो।दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button