Above Article Ad
  • कैलालीको विभिन्न पालिकामा स्थायी बसोबास र रोजगारी पाउने आसमा मुक्त कमैया

    Above Article Content Ad
  • कैलाली-कैलालीको विभिन्न पालिकामा बसोबास गर्ने मुक्त कमैयामध्ये धेरैको अझै बसोबासको ठेगान छैन।

    उनले राज्यसँग धेरै पटक आफ्ना समस्या राखे पनि मुक्त कमैयाको समस्या सुनुवाइ नभएको गुनासो गरे। उनले भने, “पहिला भाइले रातो परिचयपत्र पाउन छुट्यो। अहिले परिचयपत्र, छ बसोबासको व्यवस्था छैन।” घोडाघोडी नगरपालिका–४, बाटुलीचौरमा २१ घर मुक्त कमैयाको अस्थायी शिविर छ। परिचयपत्र पाएका तर बसोबासको ठेगान नभएका उनीहरू २०६० सालमा बाटुलीचौरमा अस्थायी रूपमा बस्दै आएका छन्।

    Article inline ad #1
  • शिविरका जुगराम चौधरीले सरकारबाट जग्गा पाउन छुटेका आफूहरूको अहिलेसम्म व्यवस्था हुन नसकेको गुनासो गरे। नयाँ सरकारले आफूहरूका लागि केही गर्छ कि भन्ने आस पलाएको उनले बताए। मुक्त कमैया बस्तीमा अर्को मुख्य समस्याका रूपमा बेरोजगारी रहेको छ। रामलाल र जुगरामका छोराबुहारी काम गर्न भारत गएका छन्। रामलालले १३ जना रहेको आफ्नो परिवारमा छ जना भारतमा काम गर्न गएको बताए।

    Article inline ad #2

    “यतै रोजगारी पाएको भए भारत जाने थिएनन्। नेपालमै उद्योग, कलकारखाना खुले त हामीले काम पाउने थियौँ, उनले भने। सरकारले दिएको पाँच कट्ठा जमिनमा घरबास बनाएका शिविरका अधिकांश कामको खोजीमा भारत जाने गर्छन्। आमफाँटा शिविरका टीकादेवी चौधरीले गाउँका अधिकांश युवा कामका लागि भारत जाने गरेको बताए। उनले भारतमा जोखिम मोलेर काम गर्दा कतिपयले उतै ज्यान गुमाउने गरेको दुःखेसो गरे।

    आमफाँटा शिविरमा दुई सय परिवार मुक्त कमैया छन्। घोडाघोडी नगरपालिकाका–१२ वटा वडामा मुक्त कमैया शिविर रहेका छन्।

    कैलालीमा सबैभन्दा बढी मुक्त कमैया शिविर रहेको घोडाघोडी नगरपालिकालाई मानिन्छ। मुक्त कमैयाले जग्गा पाउन छुटेकाका लागि लालपुर्जासहितको बसोबासको व्यवस्था र नेपालमै काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6