Above Article Ad
  • पुनर्वास सहकारी संस्था लिमिटेडको ३० औं वार्षिक साधारणसभा सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालका–६ स्थित सुदुरपश्चिमकै पुरानो सहकारी पुनर्वास सहकारी संस्था लिमिटेडको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    आईतबार संस्थाको प्राङ्गणमा पुनर्वास नगरपालिकाका नगर प्रमूख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यमा संस्थाको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

    Article inline ad #1
  • सहकारीका अध्यक्ष परशुराम बिश्वकर्माको अध्यक्षता तथा पुनर्वास नगरपालिका–६ का वडाध्यक्ष मित्रसिँह लामा, केन्द्रिय दुग्ध सहकारी संघका केन्द्रिय सञ्चालक समिति सदस्य भरतबहादुर बिष्टको बिशिष्ट आतिथ्य रहेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरु अतिथीमा आसिन थिए । गत वर्ष ६ करोड ७१ लाख ८० हजार २८६ .४६ को कारोवार गरेको संस्थाले चालू आर्थिक वर्षमा भने ७ करोड ७२ लाख बराबरको कारोबार गर्ने लक्ष्य लिएको सहकारीले चालू आर्थिक वर्षको मंसिर मसान्त सम्म २ करोड ६ लाख ४० हजार ३४३.४९ बराबरको कारोबार गरेको प्रगति बिवरणमा जनाइएको छ । सहकारीले गत आर्थिक वर्षमा ४ लाख ८७ हजार ८०५ .२९ बराबरको नाफा कमाएको सहकारीका ब्यबस्थापक एक कुमार श्रेष्ठले बताए ।

    Article inline ad #2

    सहकारीकी उपाध्यक्ष मेनुका उप्रेतीको स्वागत मन्तव्यसँगै सुरु गरिएको साधारणसभाको सञ्चालन सहकारीका ब्यबस्थापक एककुमार श्रेष्ठले गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button