Above Article Ad
  • त्रिभुवन तेस्रो संस्करणको फुटबल उपाधि सिद्धार्थले चुम्यो

    Above Article Content Ad
  • किशोर तामाङ ,पुनर्वास।
    कञ्चनपुरको पुनर्वासमा त्रिभुवन युवा कल्व द्बारा आयोजित निर्वाचन क्षेत्र नं १ स्तरिय अन्तर क्लव पुरूष खुल्ला फुटबल प्रतियोगिता २०८० तेस्रो संस्करण फाईनल खेल संगै सम्पन्न भएको छ।
    कञ्चनपुर निर्वाचन क्षेत्र नं १ स्तरिय अन्तर क्लव पुरूष खुल्ला फुटबल प्रतियोगिता २०८० तेस्रो संस्करण को फाईनल खेल आयोजक त्रिभुवन युवा कल्व भर्सेस सिद्धार्थ युवा कल्व,च गाउँ बिच भएको थियो।

    निकै रोचक भएको खेलको निर्धारित समयमा दुवै टिमको तर्फबाट गोल नभएपछि ‘ट्राइब्रेकर’मार्फत प्रतियोगिताको उपाधि छिनोफानो गरिएको आयोजकले जनाएको छ । सम्पन्न भएको फाइनल खेलमा आयोजक त्रिभुवन युवा कल्वलाई ट्राइब्रेकरमा हराउँदै सिद्धार्थले त्रिभुवन युवा कल्वको तेस्रो संस्करणको फुटबल टुर्नामेन्टको उपाधि चुमेको छ ।

    Article inline ad #1
  • विजेता सिद्धार्थ युवा कल्व ले ट्रफी ,मेडल र प्रमाणपत्र सहित रु ८०,००० तथा उपविजेता बनेकाआयोजक त्रिभुवन युवा कल्वले पनि मेडल र प्रमाणपत्र सहित रु ४०,००० प्राप्त गरेका छन्। विधागत उत्कृष्ट तर्फ सिद्धार्थका अमृत भण्डारी उत्कृष्ट खेलाडी , बिशाल तामाङ उत्कृष्ट मिडफिल्डर घोषित भए भने त्रिभुवनका बिजय सिंह ठकुरी उत्कृष्ट डिफेन्डर , धिरेन शाही सर्वाधिक गोलकर्ता र बिमल सुनार उत्कृष्ट गोलकिपर ष्घोषित भएका थिए। विजयी टिम र खेलाडीलाई पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ले नगद तथा पुरस्कार हस्तान्तरण गरेका थिए ।

    Article inline ad #2

    त्रिभुवन युवा कल्व पुनर्वास ६को आयोजनामा तथा पुनर्वास नगरपालिका वडा नं ६ को मुख्य प्रायोजनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं १ स्तरिय अन्तर क्लव पुरूष खुल्ला फुटबल प्रतियोगिता २०८० तेस्रो संस्करणमा २ घरेलु टिम सहित १६ वटा फुटबल क्लबहरुको सहभागीता रहेको थियो। उक्त प्रतियोगिता जेष्ठ २८ गतेबाट सञ्चालन भएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button