Above Article Ad
  • पुनर्वास ११ मा सात वटा खोप केन्द्रबाट दादुरा- रुवेला विरुद्धको खोप दिइने

    Above Article Content Ad
  • पुनर्वास । पुनर्वास नगरपालिकाको वडा नम्बर ११ मा सात वटा खोप केन्द्रबाट दादुरा-रुवेला विरुद्धको खोप दिइने भएको छ । भोलि जेठ २५ गतेदेखि वडाले पनि ६ महिनादेखि १५ बर्ष मुनिका बालबालिकालाई आधारभुत वडा स्वास्थ्य चौकी ११ ले सो खोप दिन लागेको हो ।

    आधारभुत वडा स्वास्थ्य चौकी ११ अमरबस्तीका अनुसार वडामा सात खोप केद्रमार्फत बिहान ८ बजेदेखि खोप दिइन लागेको हो ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • आधारभुत वडा स्वास्थ्य चौकी ११ अमरबस्तीकी इन्चार्ज चेतना न्यौपानेका अनुसार जेठ २५ गते आर्दश बोर्डिङ र पपुलर बोर्डिङ स्कुलमा खोप दिइने भएको छ । यस्तै २६ गते कञ्चन पब्लिक स्कुल र पशुपती शिक्षा मन्दिरको खोप केन्द्र मार्फत खोप दिइने भएको हो ।  यस्तै २७ गते एउटा खोप केन्द्र डोकेबजारबाट दिइने भएको छ भने २८ गते राष्ट्रिय माबि र २९ गते स्वास्थ्य संस्थाको खोप केन्द्रमार्फतखोप दिइने जनाएको छ ।

    Article inline ad #2
  • खोप अभियान बिहान ८ बजेदेखि दिउसो २ बजेसम्म रहनेभएकाले सो उमेरका आ आफ्ना बालबाललिकालाई सो खोप लिनको लागि सहयोग गरिदिन समेत आधारभुत वडा स्वास्थ्य चौकी अमरबस्तीले आग्रह गरेको छ । नगरपालिकाले २० हजार ७ सय २२ बालबालिकालाई खोप  लगाउने लक्ष्य लिएको छ ।

    अहिले जिल्लामा ३३ जनामा दादुरा रोग फेला परेका छन्  । जसमध्ये वडा नम्बर ११ मा एक जनामा दादुरा पुष्टि भएको छ ।  

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button