Above Article Ad
  • पुनर्वासमा मोटरसाईकल चोरीका घटनामा वृद्धि

    Above Article Content Ad
  • पुनर्वास- भारतीय सिमा नाका संग जोडिएको जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास मा विगत केही महिना यता मोटरसाइकल चोरी का घटना मा वृद्धि भएको छ ।

    बैसाख १८ गते राति पुनर्वास नगरपालिका १ बलभद्रबस्ति निवासी मंकमायाको आफ्नै घरबाट बाईक चोरी भएको हो ।

    Article inline ad #1
  • एक बर्ष अघिमात्र लिएको सु प प्र ०१-११ प ६२७२ को
    सुपर स्पेलण्डर , कालो कलरको बाईक चोरी भएको पिडितले बताएकी छिन ।
    बाईक खोजि दिन उनले ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिमा निवेदन समेत दिएकि छिन भने प्रहरीले बाईक खोजिकार्य जारी रहेको जनाएको छ ।

    Article inline ad #2

    यस्तै करिब दुई महिना अघि पनि पुनर्वास नगरपालिका ७ च गाउँ आफ्नै घरबाट नरेन्द्र तामाङ को सुदूरपश्चिम प्रदेश १-११-२६९८ को सुपर स्पेलण्डर बाईक चोरी भएको थियो ।

    कार्तिक ३० गते राती पुनर्वास नगरपालिका-९ ख-गाउँको चतुर्दर्शी मेलाबाट पनि नयाँ अपाची १५० सिसिको मोटरसाईकल चोरी भएको थियो भने अहिलेसम्म पनि पत्ता लागेको छैन ।

    बाईक चोरी गर्ने गिरोहले मौका छोपी स्थानीय क्षेत्रमा बाईक चोरी गर्न सफल हुने साथै भारतीय चोरहरूद्वारा भारतका विभिन्न शहरहरूबाट विभिन्न ब्रान्डका चोरिगरिएका बाईकहरू सिमा क्षेत्रमा रहेका नेपाली बाईक चोरी गिरोहसंग समन्वय गरि नेपालमा बिक्री गर्ने गरेको श्रोतको भनाइ रहेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by