कैलारीका पन्ध्र सय परिवारलाई साईन नेपालद्वारा किटनाशक झुल
हसुलिया , मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) गैरसरकारी संस्था धनगढीले डेंगु संक्रमण न्यूनीकरण गर्न किटनाशक झुल वितरण गरेको छ ।
सोमबार कैलालीको कैलारी गाउँपालिकामा डेंगु संक्रमण हुन सक्ने सम्भावित क्षेत्रहरुमा गरिब तथा विपन्न पन्ध्र सय परिवारलाई किटनाशक झुल वितरण गरेको हो।
गाउँपालिका अन्तर्गतका १, ३ र ४ वडा मा प्रति घर ३ थानका दरले ४ हजार ५ सय पाँच झुल वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए ।
लामखुट्टेको टोकाइबाट डेंगु संक्रमणको जोखिम दैनिक बढ्दै गएकाले संस्थाको CAR-22 परियोजना अन्तर्गत उक्त झुल वितरण गरिएको अध्यक्ष जोशीको भनाई छ ।
कृषि, स्वास्थ्य, शिक्षा, विपद,आयआर्जन लगायतका क्षेत्रमा विभिन्न पालिकामा कार्यक्रम गर्दै आएको साईन नेपालले सो पालिकामा ५ बर्षे कार्यक्रम सम्झौता गरेको
संस्थाका अध्यक्ष जोशीले बताए ।
त्यस्तै गाउँपालिकाका अध्यक्ष राज समज चौधरीले लामखुट्टेको टोकाईबाट अकालमै मृत्यु हुँदै आएपनि संस्थाले वितरण गरेको झुलले यस क्षेत्रका बासिन्दाहरुको अबका दिनमा ज्यान समेत सुरक्षित हुने विश्वास रहेको बताए ।
पालिकाका जनता प्रति उत्तरदायी भई देखाएको सहयोग प्रति संस्था र संस्थाका अध्यक्ष सहितको टिमलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहकार्यका साथ यस्ता कार्यक्रमलाई सञ्चालन गर्ने उनले बताए ।