Above Article Ad
  • पुनर्वासका पत्रकार जोशी सम्मानित

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको दक्षिणी क्षेत्रबाट एक दशक देखि पत्रकारिता गर्दै आएका पत्रकार हरिलाल जोशी सम्मानित भएका छन् ।

    आईतबार पुनर्वास नगरपालिका-९, बिचफाटामा आयोजित ३ दिने रमाईलो रात्रीकालिन मेलामा हेल्लो पुनर्वास दैनिक पत्रीकामा कार्यरत पत्रकार जोशी सम्मानित भएका हुन् ।

    Article inline ad #1
  • पत्रकारिता क्षेत्रमा पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै पत्रकार जोशीलाई मेला आयोजक समितिको तर्फबाट सम्मान गरिएको मेलाका सचिव ईश्वर बुढाले जानकारी दिए ।

    Article inline ad #2
  • उहाँलाई अबिर र दोसल्ला सहित पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्मा र मेला आयोजक समितिका अध्यक्ष नवराज बुढाले संयुक्त रुपमा सम्मान पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।

    पत्रकार जोशीले हेल्लो पुनर्वास दैनिक पत्रीका र विश्व खोज डटकम सञ्चालन गर्दै आएका छन् ।

    यसैगरी परोपकार समाज नेपालको आयोजनामा भएको रमाईलो मेला ११ औं संस्करणमा पुगेको छ । दिपावली पछि भारतीय बजार बिसनपुरीमा लाग्ने “नौटङ्की मेलामा” नेपाली प्रति हुने दुर्व्यवहार र विकृतीलाई रोक्न मेलाको आयोजना गर्दै आएको बुझिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button