Above Article Ad
  • त्रिनगरका ट्राफिक प्रमुख साउँदको पहिलो महिनामै सवाँ दुई लाख बढि राजश्व

    ३ ग्राम ७० मिलिग्राम लागुऔषध खैरोहिराईन सहित दुई जना नियन्त्रण

    Above Article Content Ad
  • धनगढी – अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिनगर धनगढीले पछिल्लो एक महिनामा सवारी कार्वाहीबाट अहिले सम्मकै बढि राजश्व संकलन गरेको छ ।

    माघ ७ गते अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिनगरको जिम्मेवारी सम्हालेका प्रहरी नायब निरिक्षक नरीभान सिँह साउँद नेतृत्वको प्रहरी टोलीले अघिल्लो महिनाको तुलनामा चार गुणा बढि राजश्व संकलन गरेको हो ।

    Article inline ad #1
  • दुई र चार पाङ्ग्रे गरी ३ सय १९ सवारी साधनको कार्वाहीबाट माघ महिनामा मात्रै १ लाख ८० हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको प्रहरी नायब निरिक्षक साउँदले जानकारी दिए । पौष महिनामा सो पोष्टले जम्मा साँढे ४३ हजार मात्रै राजश्व संकलन गर्न सकेको थियो ।

    Article inline ad #2

    प्रहरी नायब निरिक्षक साउँदका अनुसार बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै आफु आएपछि सवारी चेकजाँचमा हेल्चक्रयाई नगरी सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउने माथि विशेष निगरानी बढाई कडाईका साथ अघि बढेको बताए ।

    आफ्नो कार्यकाल अवधीभर ट्राफिक नियमको पूर्ण पालना गराउँदै राजश्व बढाउनमा समेत केन्द्रित रहने उनको भनाई छ । त्यस्तै साउँद नेतृत्वको ट्राफिक टोलीले दुई हप्ता अघि सु.प.प्र.०१–००१० प. ७९९९ नम्बरको मोटरसाईकल चेकजाँचका क्रममा ३ ग्राम ७० मिलिग्राम लागुऔषध खैरोहिराईन सहित कैलालीकै २९ वर्षिय बसन्त ओली र २३ वर्षिय आशिष ओलीलाई पनि नियन्त्रणमा लिई कार्वाहीका लागि त्रिनगर प्रहरी कार्यालय बुझाएको थियो ।

    प्रहरी नायब निरिक्षक साउँद यस अघि लामो समयदेखि टिवाईसीका रुपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by