Above Article Ad
  • १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न , उपाधी भीमदत्तको पोल्टोमा

    Above Article Content Ad
  • कञ्चनपुर / १० फागुन – कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा आयोजना गरिएको १३ औं जिल्लास्तरीय राष्ट्रपती रनिङ शिल्ड छनौट प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ।

    कञ्चनपुर जिल्ला खेलकुद समितिको आयोजनामा दक्षिणी क्षेत्रको बेलौरी नगरपालिका वडा नम्बर २ अवस्थित लक्ष्मी माध्यमिक विद्यालय जबदिया ,गोकुलपुरको खेलमैदानमा सञ्चालन भएको कार्यक्रम बुधबार सम्पन्न भएको हो।

    Article inline ad #1
  • फागुन ८ देखि १० गते सम्म सञ्चालन भएको १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०७९ को उपाधी भीमदत्त नगरपालिकाले जितेको छ। प्रतियोगितामा भीमदत्त नगरपालिका २१ स्वर्ण, १० रजत र ८ कास्य गरि ३९ पदकका साथ प्रथम ,द्धितिय स्थान शुल्काफाँटा नगरपालिकाले ९ स्वर्ण, १३ रजत, र ८ कास्य गरि ३० पदको जितेको छ भने कृष्णपुर नगरपालिका तृतीय स्थान संगै ४ स्वर्ण, ५ रजत, ६ कास्य संगै १५ पदक हात पारेको छ।

    Article inline ad #2

    जिल्ला छनोट प्रतियोगितामा छनोट भएका खेलाडी जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेश स्तरीय छनौट प्रतियोगितामा सहभागी हुनेछन् भने प्रदेशमा छनौट हुँदै प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरीय प्रतियोगितामा सहभागी हुने छन् ।

    जिल्ला छनौट प्रतियोगितामा ९ वटै पालिका भीमदत्त ,दोधारा चादनी, बेदकोट, शुक्लाफाँटा,कृष्णपुर, पुनर्वास,बेलौरी नगरपालिका , बेलडाँडी र लालझाडी गाउँपालिकाको सहभागिता रहेको थियो। जसमा १ हजार ८८ छात्र/छात्रा खेलाडी र प्रशिक्षक लगायत १२ सयको हाराहारीको उपस्थिति रहेको थियो।

    १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता २०८० आगामी वर्षमा कृष्णपुरले आयोजना गर्ने भएको छ। प्रतियोगिता सञ्चालन गर्नको लागि एक कार्यक्रमका बिच कृष्णपुर नगरपालिका मेयर हेमराज ओझा लाई झण्डा समेत हस्तान्तरण गरिएको छ।

    प्रतियोगिताको सभापति जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर खडका प्रमुख अतिथि बेलौरी नगरपालिका मेयर पोतिलाल चौधरी ,विशिष्ट अतिथि भीमदत्त नगरपालिका मेयर पदम बोगटी , कृष्णपुर नगरपालिका मेयर हेमराज ओझा शुक्लाफाँटा नगरपालिका रणबहादुर महरा र अतिथिमा तिनै पालिका उपमेयरहरु रहनु भएको थियो। प्रतियोगिताको समापन कार्यक्रममा खेलकुद समिति प्रतिनिधि ,कार्यालय प्रमुख गोपाल दत्त भट्ट ,खेलाडी प्रशिक्षक लगायत आम जनसमुदायको बाक्लो उपस्थिती रहेको थियो। कार्यक्रम सञ्चालन तेज बहादुर चन्दले सञ्चालन गरेको थियो। भने कार्यक्रममा स्वागत मन्तव्य कञ्चनपुर जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाश चन्द्र गिरिले राख्नु भएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button