Above Article Ad
  • गुरुङ समुदायको महान पर्व तमु ल्होसार धुमधामका साथ मनाईदै

    तमुल्होसार बारे यस्तो छ महिमा

    Above Article Content Ad
  • केशब भट्टराई
    गुरुङ समुदायको महान पर्व तथा नयाँ बर्ष अर्थात तमु ल्होसार आज बिभिन्न कार्यक्रम गरि मनाईदै छ । कंचनपुरको पुनर्वासमा समेत ल्होसारको अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रममको तयारी गरिएको छ।
    तमु ल्होसार गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको तमु प्ये ल्हु संघ कंचनपुरका जिल्ला अध्यक्ष नरेन्द्र गुरुङले बताउनुभयो । गुरुङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको र त्यसैको सम्झनामा ल्होसार मनाउन थालिएको तमु प्ये ल्हु संघ कंचनपुरका जिल्ला अध्यक्ष नरेन्द्र गुरुङले बताउनुभयो ।
    तिब्वति बौद्धमार्गी तथा बर्मेली समुदायमा बर्षभरि ३ प्रकारको ल्होसार मनाउने चलन छ, तमु वा तोला ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार ।
    पुस १५ मा सबैभन्दा लामो रात र छोटो दिन हुन्छ भन्ने विश्वास गरिन्छ। त्यसपछि दिन लामो र रात छोटो हुँदै जान्छ। दिन लम्बिने पहिलो दिनलाई नै गुरुङले नयाँ वर्ष सुरु हुने दिनका रूपमा मनाउन थालेको तमु ह्युल छोज धिका प्रदेश अध्यक्ष पुर्ण कुमारी गुरुङले बताउनुभयो ।
    नेपालमा गुरुङसँगै तामाङ, शेर्पा लगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन्।
    ल्होसार नेपालमा मात्र नभई तिब्बत, भुटान, भारत, म्यानमार लगायत संयूक्त राज्य अमेरिका, अष्ट्रेलिया, बेलायत अनि थुप्रै देशहरुमा भएका तमु समुदायले भब्यताका साथ मनाउने गर्दछन् । यसरी आजबाट फेरिने वर्ष या भनौ नयाँ वर्षको सम्वतलाई तमु सम्वत समेत भनिने उहाँले बताउनुभयो ।
    विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष बाघको वर्ष ( तो ल्हो )को वर्ष थियो भने यस वर्ष बिरालोको वर्ष (ह्युइ -ल्हो) रहनेछ ।
    ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गर्ने गरिएको तमु ह्युल छोज धि जिल्ला कार्य समिती अध्यक्ष मीन बहादुर गुरुङले बताउनुभयो । ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्ने गरेको तमु प्ये ल्हु संघ केन्द्रिय सदस्य एवम् प्रदेश प्रमुख राम बहादुर गुरुङ ले बताउनुभयो ।
    अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरूसँग रमाइलो गर्छने गर्दछन।
    बिभिन्न भाग या नाममा ल्होसारलाई बाँडेपनी सबै ल्होसारहरुको एउटै मूलभूत उदेश्य छ, नयाँ बर्षको स्वागत गर्ने । यस समूदायले आज विशेष हर्षका साथ आफ्नो पारम्परीक नयाँ वर्षलाई स्वागत गर्दैछन् । यो नयाँ वर्ष को हामी सबैलाई शुभकामना ! “हे! तमु मै तमु ल्होसार खै मु … रमाइलो तमु ल्होसार !” बिस्वखोज परिवारको तर्फबाट पनि गुरुङ समुदायलाई धेरै धेरै शुभकामना ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6