Above Article Ad
  • सुदुरपश्चिमका पुर्वमन्त्री तामाङले ल्याएका योजनाको पुर्वाधार विकास कार्यालयद्वारा अनुगमन

    Above Article Content Ad
  • पुनर्वास- सुदुरपश्चिमका आर्थिक, मामिला तथा योजना पुर्व मन्त्री तारा लामा तामाङले कंचनपुरको पुनर्वास नगरपालिकामा ल्याएका सडक योजनाको अनुगमन गरेको छ ।

    सोमबार पुर्वाधार विकास कार्यालय कंचनपुरका प्रमुख ईन्जिनियर दिपक नेगी सहितको प्राविधिक टोलीले पुनर्वास नगरपालिकाका-२, ३ र ७ नम्बरमा पर्ने तीन सडक योजनाको कार्य सुरुवात गराउन निर्माण कम्पनीसंगै अनुगमन गरेको हो ।

    Article inline ad #1
  • प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को बजेट मार्फत परासन देखि च-गाउँ २४ सय मिटर कालोपत्रे सडकको लागत स्टिमेट बढी  रहेपनी महरा निर्माण कम्पनी महेन्द्रनगरले २ करोड ८ लाख १४ हजारमा निर्माण कार्यको जिम्मा  पायो । त्यस्तै पुनर्वास-३, आईबीआरडी-अंशुवर्माबस्ती हुँदै हुलाकी सडक खण्ड सम्मको २३ सय ८७ मिटर सडक कालोपत्रे २ करोड ६ लाख ९४ हजारमा पनि सोही कन्स्ट्रक्सनले  निर्माण सम्पन्न गर्ने जिम्मा पाएको छ ।

    Article inline ad #2

    त्यसैगरी अरनिकोबस्ती हुँदै बलभद्रबस्ती सम्मको ८.२ किलोमिटर सडक ग्राभेलको काम दाउत निर्माण सेवाले २ करोड ८ लाख २६ हजारमा ठेक्का पाएको छ ।

    ६ महिना सुदुरपश्चिम प्रदेशका आर्थमन्त्री बनेका तामाङले प्रदेशबाट ९० करोड बराबरका करिब ४० योजना आफ्नो निर्वाचन क्षेत्रमा ल्याएको पुर्वाधार विकास कार्यालय कंचनपुरबाट बुझिएको छ ।

    निर्माण कम्पनीले तीनै सडकको निर्माण कार्य एक वर्ष अवधीमा सम्पन्न गरीसक्नुपर्ने पुर्वाधार विकास कार्यालय कंचनपुरका प्रमुख ईन्जिनियर दिपक नेगीले जानकारी दिए ।

    अनुगमनमा पुर्वाधार विकास कार्यालय कंचनपुरका प्रमुख ईन्जिनियर दिपक नेगी, प्राविधिक अधिकृत तथा सूचना अधिकारी हेमराज भट्ट, लेखा अधिकृत भुपेन्द्र सिंह धामी,पुनर्वास नगरपालिकाका प्राविधिक लालमन तामाङ, कन्स्ट्रक्सन सञ्चालक लगायतको सहभागी थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button