
कैलालीका तीन जना नगद र गरगहना सहित पुनर्वासबाट पक्राउ
पुनर्वास । कञ्चनपुरकाे पुनर्वास बाट सशस्त्र प्रहरीले १५ लाख २८ हजार भारु नगद र गरगहना सहित तीनजनालाई शुक्रबार पक्राउ गरेको छ ।
पुनर्वासकाे वार्ड नं. ४ कार्गिल डाँडा बाट रकम सहित पक्राउ गरिएको हाे । सशस्त्र प्रहरी बाेर्डर अाउट पाेष्ट कार्गिल डाँडा चेक पाेष्टमा चेक जाँचका क्रममा भारतीय रुपैया सहित सुनका गरगहना सशस्त्र प्रहरीले बरामद गरेकाे हाे ।
पक्राउ पर्नेमा कैलाली जिल्लाकाे गाेदावरी नगरपालिका ८ बस्ने २९ वर्षिय अमर भूल , साेहि ठाउँ बस्ने ३४ वर्षिय खडग सिँह भूल र डडेल्धुरा जिल्ला आलिताल गाउँपालिका ५ बस्ने विरेन्द्र सार्की पक्राउ परेका हुन । भारतकाे दिल्लीबाट नेपाल फर्कि रहेका उनीहरुलाई शंकास्पद मानी झाेला चेकजाँच गर्दा भारतीय रुपैया र सुनका गरगहना फेला परेकाे हाे ।
बरामद गरिएको गरगहना र भारतिय रुपैया राजश्व कार्यालयमा बुझाउने तयारी भईरहेकाे थापा चाेक बिओपीका सशस्त्र प्रहरी निरिक्षक रामराज खनालले बताउनु भयाे । बरामद गरिएको रकम र गरगहना भारतबाट चाेरी गरी ल्याएकाे हुन सक्ने सशस्त्र प्रहरीले जनाएको छ ।