Above Article Ad
  • कंचनपुरको पुनर्वासमा खुकुरी प्रहारबाट ३ जना सख्त घाईते

    खुकुरी प्रहार गर्ने सार्की पक्राउ

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-२ अम्रैयामा खुकुरी प्रहारबाट ३ जना सख्त घाईते भएका छन् ।

    मंगलबार पुनर्वास-२ अम्रैयाका टेके सार्कीले खुकुरी प्रहार गर्दा सोही ठाउँका ३ जना सख्त घाईते भएका हुन् ।

    Article inline ad #1
  • घाईते हुनेमा अम्रैयाका ४७ बर्षिय बिर सिंह राना, मोतीबस्तीकी ३८ बर्षिय मधु महता र अम्रैयाकी ४५ बर्षिय धनचरा रावत रहेको प्रहरीले जनाएको छ ।

    Article inline ad #2

    खुकुरी प्रहार गर्ने सार्कीलाई अम्रैयाको झोलुङ्गे पुलबाट हतियार सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक तेजबहादुर खड्काले जानकारी दिए ।

    घाईते महिला

    उनको मानसिक अवस्था ठिक नभएको बुझिएको

    घाईते तिनै जनाको टाउको र छातीमा गहिरो चोट लागेको छ भने खुकुरी प्रहार गर्ने सार्कीले आफ्नै घाटीमा प्रहार गरेको प्रहरी नायब निरीक्षक खड्काले बताए ।

    घाईतेहरुको बि.एन. पोलिक्लिनिक आई.बी.आर.डी.मा उपचार भईरहेको र एक जनालाई रगत अभावका कारण धनगढी पठाईएको डा. सागर केसीले बताए ।

    खुकुरी प्रहार गर्ने सार्की प्रहरी नियन्त्रणमा
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    1
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button