Above Article Ad
  • बिचफाँटामा खोप तथा गाउँघर किलनिक उदघाटन

    Above Article Content Ad
  •  पुनर्बास-पुनर्बास नगरपालिका वार्ड नम्बर ९ स्थित गिरिचोक बिचफाँटामा खोप तथा गाउँघर किलनिक उदघाटन गिरिएको छ। यस्तै धनसिहामा गाउघर किलनिक पनि उदघाटन गरिएको छ ।

    पुनर्बास- ९ र परासन स्वास्थ्य चौकीको संयुक्त रुपमा सो किलनिक संचालन गरिएको वार्ड अध्यक्ष नर बहादुर बि.कले बताउनुभयो।

    Article inline ad #1
  • बिचफाँटा, खड्डा, धनसिहा लगायतका स्थानियलाई परासन स्वस्थ चौकी पुग्न समस्या देखिएकाले पनि गिरिचोकमा खोप तथा गाउँघर किलनिक स्थापना गरिएको उहाँले बताउनुभयो । यस्तै किलनिक उदघाट्नका क्रममा पुनर्बास नगरपालिकाका नगरप्रमुख तोया प्रसाद शर्माले आफ्नो पालिका भित्रका सबै वार्डमा आधारभुत स्वास्थ्य केन्द्र खोलिसकेको र त्यसको मातहतमा सबै क्षेत्रमा खोप तथा गाउँघर किलनिकको स्थापनामा आफू सकारात्मक रहेको बताउनुभयो।

    Article inline ad #2

    नगरप्रमुख शर्माले पहिलो स्वस्थ्य सेवा गाउँघरमै आवश्यक रहेकाले स्थानीय स्तरसम्म स्वस्थ्यको पहुँच पुर्याउन खोप तथा गाउँघर किलनिक उदघाटनले राम्रो बाताबरण सृजना गर्नेमा उहाले जोड दिनुभयो । यस्तै कर्मचारी नपुगेको ठाउँमा भएको जनशक्तिलाई नै समय अनुरुपले परिचालन गर्ने उहाँले बताउनुभयो। यस्तै खोप तथा गाउँघर किलनिकबाट बलाबालिका, गर्भवती महिला, लगायत स्थानीयलाई स्वास्थ्य सेवा प्रबाहमा सहज हुने परासन स्वस्थ्य चौकीका ईन्चार्ज रामचन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो। गाउँघर बाट नै खोप तथा किलनिकको सेवा पाउने भएपछी त्यहाँ स्थानीय समेत खुशी छन् । उनिहरुले सो किलनिक दिनहुँ रुपमा संचालन गर्न समेत माग गरेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by