पुनर्वास-५ मा बाम गठबन्धनको संयुक्त प्रचारप्रसार कार्यालय उद्घाटन
पुनर्वास- मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको चटारो बढ्दै गएको छ ।
कंचनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनद्वारा धमाधम वडा वडामा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरिदै छन् ।
त्यस्तै बुधबार कंचनपुरको पुनर्वास नगरपालिका-५ मा पनि बाम गठबन्धनको संयुक्त प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको छ ।
बाम गठबन्धनका प्रदेश १(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार बन्धु रानाले एक कार्यक्रमका बीच रिबन काटेर कार्यालय उद्घाटन गर्नुभएको हो।
निर्वाचनको मिति नजिकिएसंगै राजनितिक दलका उम्मेदवारहरुले मतदाताहरुका घरदैलोमा पुग्ने क्रम बढाईरहेको देखिन्छ ।
कंचनपुर निर्वाचन क्षेत्र नम्बर १ मा बाम गठबन्धनका उम्मेदवारहरु मतदाताका घरघरमा पुगी आफुलाई गोप्य मतदान दिई विजयी गराईदिन अनुरोध गरिरहेका छन् ।
“संविधानको रक्षा र विकासको लागि” लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गरौं भन्दै यतिबेला मतदाताका घरमा भोट माग्नमा उम्मेदवारसंगै कार्यकर्ता पनि व्यस्त देख्न सकिन्छ ।