Above Article Ad
  • कञ्चनपुरमा छाउगोठ भत्काउन महिलाहरू एकजुट

    Above Article Content Ad
  • कञ्चनपुर- कञ्चनपुरमा छाउगोठ भत्काउन महिलाहरू एकजुट भएका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नौ वटै पालिकामा छाउगोठ भत्काउन आग्रह गरेपछि यहाँका महिलाहरू छाउगोठ भत्काउन एकजुट भएका हुन्।

    रजस्वला भएका बेला वर्षौँदेखि छुट्टै छाउगोठ बनाएर बस्दै आएका देवताका धामी मानिने वेदकोट नगरपालिका–१० चतहरीकी कलासा चुनाराले छाउगोठ भत्काउँदै वास्तवमै यो कुप्रथा भएकाले यसलाई हटाउनुपर्ने बताइन्। वर्षाैँदेखि छाउगोठमा बस्दै आएका उनले रजस्वलाका बेला घरमै बस्ने प्रतिबद्धता जनाइन्।

    Article inline ad #1
  • “रजस्वला भएका बेला छुट्टै नबसे देवीदेवता रिसाउने अन्धविश्वासका कारण छाउगोठ नै बनाएर अलग्गै बस्दै आएका थियौँ’’, उनले भनिन्, ‘‘यो त महिलाहरूमा गर्भधारणको प्रक्रिया भएकाले छुट्टै गोठ बनाउन जरुरी नभएको बुझेपछि छाउगोठ भत्काउन सहयोग गरेकी हुँ ।”

    Article inline ad #2

    गत बिहीबार छाउगोठ भत्काउँदै सोही ठाउँका मिस्रा चुनाराले वर्षौँदेखि यो कुप्रथालाई त्याग्न नसकिएको बताइन्। “यस पटक जिल्लामा छाउगोठ हटाउने अभियान नै थालिदा चेत खुलेको छ, अब मसहित छोरी, बुहारी कसैलाई पनि छाउगोठमा बस्न पठाउँदिन ।” उनले भनिन्।

    शुक्रबार वेदकोट नगरपालिका–१० स्थित दुर्गम बस्ती चतहरीमा वडा कार्यालयको आयोजना र स्वीट नेपालको सहकार्यमा छाउगोठसम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमका सहभागीहरूले छाउगोठलाई मनैबाट हटाउनुपर्नेमा जोड दिए। कार्यक्रममा बोल्दै वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले छाउगोठ बारेर देवीदेवता खुसी हुने भन्ने गलत धारणाले महिलाहरू छुट्टै बस्दै आएकाले यसलाई मनैबाट हटाउनुपर्ने बताए।

    महिनावारी भएका बेला छुट्टै गोठ बनाएर बस्दै आएका यहाँका महिलाहरू अब भने छाउगोठ भत्काउन अग्रसर भएको पालिकाकी उपप्रमुख जोशीले बताइन्। छाउपडी प्रथा नभई यो कुप्रथा भएकाले यस कुरीतिलाई पखाल्न जरुरी रहेको उनको भनाई छ।

    वडा नम्बर १० का अध्यक्ष रतन सिंह विष्टले दलित, जनजातिको बसोबास रहेको यस दुर्गम बस्ती चतहरीमा छाउगोठसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए। सदरमुकामभन्दा टाढा शुक्लाफाँटा निकुञ्ज क्षेत्रसँग जोडिएको यस बस्तीका महिलाहरू छुट्टै छाउगोठमा बस्दै आएका थिए। तर अहिले जनचेतना सँगै छाउगोठसम्बन्धी अन्तरक्रिया गरिँदा महिलाहरूले छाउगोठमा नबस्ने प्रतिबद्धता जनाउँदा दुर्गमबाटै छाउगोठको निवारण जरुरी देखिएको अध्यक्ष विष्टले बताए।

    स्थानीय सरकार, प्रहरी प्रशासनको उपस्थितिमा स्थानीयहरूले छाउगोठ भत्काएपछि शुक्रबार उनीहरूकै घरआँगनमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको उनले बताए।

    कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले छाउगोठ जन्य कुप्रथाहरूलाई सबैले हटाउनुपर्ने बताए। छाउगोठमा बस्नु कानुन सम्बद्ध तरिकाले पनि अनुचित रहेको उनले बताए। यदि कसैले रजस्वलाको बेला छुट्टै छाउगोठमा बसेको पाइए, रजस्वलाका बेला अमानवीय व्यवहार गरेको पाइए तीन महिना कैद सजायसम्म हुन सक्ने बताए।

    त्यस्तैै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले पश्चिम क्षेत्रमा देखिएको छाउपडी जन्य कुप्रथाको निवारण गरिनु जरुरी रहेको बताए। मानिस सबल र सक्षम हुँदै गए यी कुप्रथाहरूलाई नअँगाल्ने उनले बताए। छाउगोठमा बसे वा यसलाई माने कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी ढकालले बताए।

    छाउगोठ भत्काउनेलाई खाट उपलब्ध गराइने

    छाउगोठ भत्काएका परिवारलाई वेदकोट नगरपालिकाले खाट उपलब्ध गराउने भएको छ। वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले छाउगोठ भत्काएर कुप्रथा हटाउन अग्रसर भएका महिलाहरुलाई खाट उपलब्ध गराइने बताएका छन्। छाउगोठ सामाजिक कुप्रथा भएको र यसले महिलाहरूलाई झन् पीडामा पार्ने काम गरेको नगर प्रमुख बोहराले बताए।

    वडा नम्बर १० मा २४ परिवारले छाउगोठ भत्काएर महिनावारी भएका बेला सुत्नलाई समस्या हुने बताएपछि नगरप्रमुख बोहराले खाट उपलब्ध गराइने प्रतिबद्धता जनाएका हुन्।

    गत असार २८ गते छाउगोठमा बसेकी २८ वर्षीया कमला दमाईको पर्सले डसेर ज्यान गएपछि जिल्लाका सबै अन्य पालिकामा पनि छाउगोठ भत्काउन थालिएको हो। वेदकोट नगरपालिकामा अभियान नै चलाएर छाउगोठ भत्काइँदै आएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by