Above Article Ad
  • पुनर्वास नगरपालिकाद्वारा कृषक समुहलाई अनुदानमा कृषि यन्त्र वितरण

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास– कञ्चनपुरको पुनर्वासमा कृषक समुहहरुलाई अनुदानमा कृषि यन्त्र वितरण गरेको छ ।

    मंगलबार नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत कृषि शाखाले ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरेको हो ।

    Article inline ad #1
  • कृषक समुहलाई आधुनिक कृषिमा आत्म निर्भर बनाउन नगरपालिकाको ५० लाख रुपैयाँ अनुदानमा सो कार्यक्रम गरिएको जसमा ईभिड सिलबन्दी अनुसार ७१ लाख ५६ हजार बराबरमा ठेक्का सदर भई कृषि यन्त्र वितरण गरिएको कृषि शाखा प्रमुख कर्ण बहादुर शाहीले जानकारी दिए ।

    Article inline ad #2

    त्यस्तै प्रमुख प्रशासकिय अधिकृत गणेश सिँह ऐरीले कृषकहरुलाई थप उत्साह र कृषिमा आत्म निर्भर बनाउन अनुदानमा कृषि यन्त्रहरु वितरण गरिएको बताए ।
    अनुदानमा दिएका कृषि यन्त्रको कृषक समुहले सक्दो सदुपयोग गर्न सके नगरले गरेको कार्यक्रमको औचित्य हुने अधिकृत ऐरीको भनाई छ ।

    कृषि शाखाले ५ कृषक समुहलाई पावर टिलर, ३१ कृषक समुहलाई मिनि पावर टेलर, एक कृषक समुहलाई सिड्स मेशिन, १४ कृषक समुहलाई रोटाभेटर, ३२ कृषक समुहलाई ब्रस कटर, ११ कृषक समुहलाई कल्टिभेटर, १५ कृषक समुहलाई मिड प्लग र १४ कृषक समुहलाई रिपर गरी जम्मा १ सय २३ कृषक समुहलाई उक्त कृषि यन्त्र वितरण गरेको हो ।


    अनुदानमा सामाग्री पाएपछि कृषक समुहका पदाधिकारीले नगरपालिका कार्यालय र कृषि शाखालाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुमा जोड दिनुपर्ने बताएका थिए ।

    आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक कार्यक्रम अन्तर्गत वितरण गरिएको कृषि यन्त्र खरिदको ठेक्का धनगढी स्थित रविन्द्र एग्रो एण्ड टे«डर्सले पाएको छ ।

    कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गणेश सिँह ऐरी, प्रशासन अधिकृत धौलराम सार्की, लेखा अधिकृत नरेन्द्र बडाल, ईन्जिनियर मुरलीधर जोशी, कृषि शाखाका कर्मचारी र कृषक समुहहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button