
पुनर्वासमा सशस्त्र प्रहरीद्वारा ब्रोईलर कुखुरा,अण्डा र माउन्टेन डिउ नियन्त्रण
कञ्चनपुरको पुनर्वास नगरपालिका–६ ङ–गाउँबाट भारतीय बजारबाट ल्याउँदै गरेको ब्रोईलर कुखुरा,अण्डा र माउन्टेन डिउ नियन्त्रणमा लिएको छ ।
आईतबार दिउँसो भारतीय बजार मिलनबजारबाट ल्याउँदै गरेको अवस्थामा प्रतिबन्धित ब्रोईलर कुखुरा,अण्डा र माउन्टेन डिउ सशस्त्र प्रहरी बल बिओपी पुनर्वासले नियन्त्रणमा लिई नष्ट गरेको हो ।
सशस्त्र प्रहरीका सहायक हवल्दार तेजप्रसाद घिमिरे सहितको पाँच जनाको सीमा गस्ती टोलीले एक क्विन्टल ब्रोईलर,अण्डा र माउन्टेन डिउ गरी करिब साँढे ३८ हजार नेपाली मूल्य बराबर नियन्त्रणमा लिएको थियो ।
बिओपी पुनर्वासका सशस्त्र प्रहरी प्रमुख प्रहरी निरिक्षक ईश्वरदत्त भट्टले गैरकानुनी काम गर्ने जो कोहिलाई संरक्षण नगरी कानुनी कार्वाहीको दायरामा ल्याएरै छाड्ने बताएका छन् ।
सीमा क्षेत्रमा लुकीछिपि तस्करी हुने गरेपनि त्यसको नियन्त्रणका लागि यतिबेला सशस्त्र प्रहरी सक्रिय देखिएको छ ।